रामपुरमा नवनिर्मित बसपार्क टिकट काउन्टर उद्घाटन

0
148

सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ कात्तिक : पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर नगर बसपार्कको नवनिर्मित टिकट काउन्टर भवन उद्घाटन गरिएको छ ।

बसपार्क व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रमणबहादुर थापाले नवनिर्मित टिकट काउन्टर भवन उद्घाटन गर्नुभएको हो । उहाँले मौलिक शहरको रुपमा विकास गर्नका लागि शहरी विकास मन्त्रालयबाट मौलिक शहर अन्तर्गत रु २६ करोड ७१ लाख वजेट रामपुर नगरपालिकालाई क्रमागत परेकोमध्ये रु चार करोड २६ लाख रकमबाट बसपार्क व्यवस्थापनका लागि यसै आर्थिक वर्षमा काम हुने बताउनुभयो ।

बजार क्षेत्रमा यत्रतत्र पार्किङ गरेर राख्ने, तोकिएको ठाउँ बाहेक गाडी मनपरी ठाउँबाट यात्रु चढाउन र ओराल्न कार्य भइरहेकाले यसमा व्यवसायीले ध्यान दिनु आग्रह गर्दै व्यवस्थित शहर, धुलोरहित शहरका लागि रु एक करोड वजेटबाट यस आर्थिक वर्षमा बेझाड बजार क्षेत्रमा काम गर्ने योजना रहेको नगर प्रमुख थापाले बताउनुभएको छ ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राख्न नहुने, तोकिएकै स्थानबाट सवारी साधन पार्किङ गर्नु अनुरोध गर्दै नागरिकले सोचेजस्तो व्यवस्थित बसपार्क बन्ने बताउनुभएको छ ।

रामपुर ं ७ का वडाध्यक्ष दोवराज तिवारीले तत्कालका लागि व्यवस्थित टिकट काउन्टर अति आवश्यक रहेको र पछि यसलाई बिस्तार गर्नुपर्ने बताउनुहुदै व्यवस्थित रुपमा बसपार्कबाटै नियम संगत यातायात संचालनको व्यवस्था सम्बद्ध व्यवसायीले मिलाउनुपर्ने बताउनुभयो ।

नमस्ते रामपुर यातायात प्रालीका सञ्चालक भोजराज भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष यमबहादुर सुनार, नेकपा एमाले रामपुर ५ का वडा कमिटी अध्यक्ष मिनराज रेग्मी, नेपाल पत्रकार महासंघ पाल्पाका जिल्ला सदस्य दुर्गेश मल्ल, नेपाल प्रेस युनियन केन्द्रिय सदस्य सुशीला रेग्मी लगायतले बोल्दै बसपार्क व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बसपार्क व्यवस्थापन समितिका कोषाध्यक्ष पार्वती न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन नमस्ते रामपुर यातायात प्रालीका व्यवस्थापक भेषराज पोखरेलले गर्नु भएको हो । धन्यवाद बसपार्क व्यवस्थापन समिति सदस्य दयाराम गैरेले दिदै गत आर्थिक वर्षमा रामपुर नगरपालिकाबाट विनियोजन भएको रु पाँच लाख रकम र ९० हजार जनसहभागिताबाट टिकट काउण्टरको भवन निर्माण भएको जानकारी दिनुभएको छ

SHARE