डुबेर नेपालीको मृत्यु

0
187

असोज १६,२०७९ अर्घाखाँचीःअर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा वाड नम्बर – ३ ठाडामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको आइतबार मृत्यु भएको छ ।

शितगंगा –३ दह निवासी ३७ वर्षीय खिमबहादुर नेपालीको डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानीयले शव निकालेको प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए।

नेपालीका एक आमा, एक श्रीमती र दुई छोरी रहेका छन् ।

SHARE