ज्योतीपुञ्ज युवाक्लव रामपुरले २६ औँ वार्षिकोत्सव मनाउँदै

0
141

सुशीला रेग्मी
असोज ४,२०७९ पाल्पाःज्योतीपुञ्ज युवा क्लव रामपुर नगरपालिका वडा नं ७ किसानवारी पाल्पाले पत्रकार भेटघाट कार्यक्रम गरेको छ ।

क्लबको २६ औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन गइरहेको वडास्तरिय खुल्ला भलिवल तथा व्याडमिन्टन प्रतियोगिता कार्यक्रमको जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रम गरिएको हो । क्लवका अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि भलिवल प्रतियोगिताको लागि द्वित्तिय पुरस्कार सौजन्य गर्नुहुने राजुप्रसाद श्रेष्ठ रहनुभएको हो ।

प्रमुख अतिथि श्रेष्ठले क्लवले रामपुर क्षेत्रमा उदाहरणिय काम गरेको बताउनुहुँदै खेलकुदको माध्यमबाट अगाडी बढ्न सकिने हुदा अनुशासित भएर खेलका कार्यक्रम अगाडी बढाइनुपर्ने बताउनुभयो । क्लवले वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । क्लवका अध्यक्ष सुदिप गौतमले कार्यक्रमको उद्देश्यबारे पत्रकारलाई जानकारी गराउनुभएको छ ।

खुल्ला पुरुष भलिवल खेलमा प्रथम पुरस्कार नगद ५० हजार, द्धित्तिय पुरस्कार ३० हजार, तृत्तिय पुरस्कार १५ हजार, व्याडमिन्टन प्रतियोगितामा प्रथम पुरस्कार नगद २० हजार, द्वित्तिय पुरस्कार १० हजार र साथमा कप मेडल र प्रमाणपत्र रहेको छ । यसैगरी क्लवले ४५ वर्ष माथिका उमेर समुहलाई लक्षित गरी व्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । जसमा प्रथम पुरस्कार नगद पाँच हजार, द्वित्तिय पुरस्कार तीन हजार रहेको रहेको छ । कार्यक्रम सम्पन्न गर्न करिव पाँच लाख रकम लाग्ने आयोजककोे अनुमान छ ।

असोज १५ गते शनिवार विहान १० वजे क्लव र नेपाल रेडक्रस सोसाइटी रामपुरको सहकार्यमा रक्तदान कार्यक्रम हुनेछ । कार्यक्रममा रामपुर ७ का वडाध्यक्ष दोवराज तिवारीले खेलकुदको विकासका लागि वडा तथा नगरपालिका कार्यालयबाट सहयोग गर्ने बताउनुहुदै क्लवले खेलकुद, मनोरञ्जन मात्रै नभई सामाजिक हितको काम गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रम असोज १२ गते उद्घाटन गरी सुरु गरिनेछ । खेल किसानवारी खेलमैदानमा सञ्चालन हुनेछ । क्लवका सचिव गोपालबहादुर नेपालीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन क्लवका सल्लाहकार हरिप्रसाद ज्ञवालीले गर्नुभएको हो ।

SHARE