पाल्पामा छोराले चिर्पट प्रहार गर्दा बुवाको मृत्यु

0
232

भदौ १२,२०७९पाल्पा : पाल्पामा छोराले चिर्पट प्रहार गर्दा बुवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा माथागढी गापा(४ झडेवास्थित नेटाका ४५ वर्षीय तिलबहादुर दिशा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। शनिबार राति ८ बजे उनका १४ वर्षीय छोराले चिर्पट प्रहार गरेका थिए।

घरमै भएको सामान्य झगडामा ती बालकले प्रहार गरेको चिर्पटले टाउकोमा लाग्दा तिलबहादुरको घटनास्थलमै मृत्यु भएको थापाले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE