रामपुरमा ४ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न

0
201

सुशीला रेग्मी
भदौ १२,२०७९ पाल्पा (रामपुर) : भु–उपयोग वर्गीकरण, घर नक्शा तथा व्यवसाय सम्बन्धी अभिमुखीकरण कार्यक्रम रामपुर नगरपालिका ४ पाल्पामा भएको छ । वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नगर प्रमुख रमणबहादुर थापाले गर्नुभएको हो ।

नगर प्रमुख थापाले प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम संचालन भइरहेको बताउनुहुदै नगरपालिकाले तोकेको मापदण्ड अनुसार खोलिएको सडक आसपासका क्षेत्रलाई आवासिय र सडक नपुगेका जग्गालाई कृषि क्षेत्रमा विभाजन गरिने बताउनुभएको छ ।

वडामा भए गरेका कार्यक्रमको सन्दर्भमा वडाध्यक्ष रानाले जानकारी गराउनुभएको छ । मालपोत कार्यालय रामपुरका प्रमुख होमबहादुर थापा र रामपुर नगरपालिकाका प्राबिधिक प्रमुख रन्जन न्यौपानेले भु उपयोग वर्गीकरण, घर नक्शा तथा व्यावसाय सम्बन्धी कार्यक्रम सहजिकरण गर्नुभएको हो ।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष एकबहादुर नेपाली, नेकपा एमाले वडा कमिटी अध्यक्ष डिलबहादुर कौशी लगायतले आफ्ना धारणा राख्नुभएको छ । कार्यपालिका सदस्य सिमादेवी रानाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव सविता रानाले गर्नुभएको हो ।

SHARE