रामपुरमा ब्लड गु्रप पहिचान शिविर सकियो

0
156

सुशीला रेग्मी
रामपुर (पाल्पा), ११ भदौ
पाल्पाको रामपुरमा संचालन भएको तीन दिने ब्लड गु्रप पहिचान शिविर सकिएको छ ।

नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाको आयोजना र रामपुर अस्पतालको प्राबिधिक सहयोगमा बिहिवार देखि सुरु भएको शिविर शनिवार सकिएको हो ।

शिविरमा १९३ जनाको ब्लड गु्रप पहिचान गरिएको रामपुर उपशाखा अध्यक्ष मनोरथ भट्टराईले जानकारी दिनुभएको छ ।

अति आवश्यक परेका बेला रगत अभावको समस्या समाधान गर्न शिविर आयोजना गरिएको हो ।

SHARE