रामपुरमा भु–उपयोग वर्गीकरणका लागि अभिमुखीकरण

0
150

सुशीला रेग्मी
भदो ११,२०७९ पाल्पाः रामपुर नगरपालिका वडा नं ६ मा भु उपयोग वर्गीकरणका लागि अभिमुखीकरण एवम् वडा भेला बसेको छ ।

वडाध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफ्नो देशमा केही गरेर आत्मनिर्भर रहनुपर्छ भनेर राज्यले अहिले यो भु उपयोग नीति ल्याएको बताउनुभयो ।

दस प्रकारले जग्गा वर्गीकरण गरिने र भु उपयोग नीति लागू भएको ६ महिनामा जग्गा खण्डिकरण गरिनुपर्ने व्यवस्था रहेको नगर प्रमुख थापाले जानकारी दिनुभएको छ । भु उपयोग सम्बन्धमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी र मालपोत कार्यालय रामपुरका प्रमुख होमबहादुर थापाले सहजिकरण गर्नुभएको हो ।

तालपोखरा पार्कमा भएको कार्यक्रममा कार्यपालिका सदस्य शारदा आचार्यले स्वागत र संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो ।

SHARE