मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमले दियो नयाँ झलक, दुई हजार ७७९ विद्यालयका ४१ हजार विद्यार्थी लाभाम्वित

0
149

साउन ३० गते : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकालमा प्रदेशको सुधार गर्नका लागि शिक्षालाई पहिलो प्राथमिकता दिएर मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो मुख्यमन्त्री शैक्षिक सुुधार कार्यक्रमले प्रदेशमा नयाँ झलक दिएको एक कार्यक्रममा सहभागीहरुले प्रतिक्रिया दिएका छन् । यसका साथै कार्यक्रम नमूना योग्य भएकोले यसलाई अझै निरन्तर सञ्चालन गर्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्रीको आफ्नो गौरवको आयोजनाको रुपमा लिइएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको आर्थिक वर्ष २०७८।०७९ को समीक्षा कार्यक्रममा बक्ता एवं सहभागीहरुले यस्तो प्रक्रिया दिएका हुन् ।

समीक्षा कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं कार्यक्रमका प्रमुख अतिथि अमरबहादुर डाँगीले मुख्यमन्त्रीको सपना भनेको शिक्षा क्षेत्रबाट आमूल परिवर्तनको सम्भव भएको बताउँदै त्यसका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको मुख्यमन्त्रीले सपना अगाडि बढाएको बताउनुभयो । उहाँले प्रदेशको शैक्षिक स्तरलाई माथि उठाउनको लागि कार्यक्रमको महत्वपूर्ण योगदान गरेको बताउँदै त्यसलाई आगामी दिनमा अझै निरन्तरता रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो ।

उहाँले शिक्षालाई नयाँ उचाईमा उठाउँनका लागि प्रदेश सरकारले कार्यक्रम अगाडि सारेको बताउँदै त्यसलाई कार्यन्वयनको अवस्थामा अगाडि बढाउदाँ आउने चुनौतिहरुसँग सामाना गर्दै अगाडि बढ्न पर्ने बताउनुभयो ।

शैक्षिक सुधार कार्यक्रमका निर्देशक ग्रीस पुनमगरले प्रदेशका जिर्ण, अभावमा रहेका विद्यालयहरुको विकासका लागि यस कार्यक्रमको पहिलो उद्धेश्य रहेको छ । राष्ट्रको विकासका लागि शैक्षिक क्षेत्रको विकास नै पहिलो आधार भएकोले गर्दा आफ्नो कार्यकालमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागि गरिएको मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभो । उहाँले मानसि र समाज सुधार गर्नु छ भने शैक्षिक क्षेत्रको विकास र सुधार गर्न आवश्ययक छ त्यसैले हामी बालबालिकाको भविस्यलाई सुन्दर बनाउनको लागि यो कार्यक्रम सञ्चालन गरिउको प्रतिक्रिया दिुनभयो ।

यस्तै शैक्षिक सुधार कार्यक्रमका निर्देशक ग्रीस पुनले विद्याथीर्म मैत्री विद्यालय निर्माण गर्ने, विद्यालयको रंग रोवन, विद्यालयमा बगैचा, खानेपानी, फिल्ड निर्माण, कक्षा कोठा निर्माण, शैक्षिक सामाग्री वितरण, पोशाक तथा अन्य सामाग्री प्रदान गर्न सकिने यो कार्यक्रमबाट गर्न सकिनेछ । सो कार्यक्रममा गाउँपालिकामा ६० लाख, नगरपालिकामा ७० लाख र उपमहानगर पालिकामामा ८० लाख विनियोजित गरिएको थियो ।

यस कार्यक्रममा अभावमा रहेका शिक्षण सँस्थाहरुलाई, आन्तरिक श्रोत न्यून भएका, विद्यार्थी संख्या कम भएपनि गाभिन नसक्ने, राज्यको कम प्राथमिकता परेको विद्यालयहरुलाई प्राथमिकतामा पारी छनौट गरिएको थियो । ग्रीस पुनमगरले १०९ स्थानीय ६९ करोड ४० लाख भएको थिो । ६४ करोड २० लाख ३८ हजार खर्च भएको थियो । सो कार्यक्रममा प्रदेशभित्रमा रुकुममा ९९ प्रतिशत खर्च भएको बताइएको छ ।

रोल्पा जिल्लामा २३३ वटा, प्यूठान जिल्लामा २५७, रुकुम पूर्वीमा ५७ वटा, नबलपरासी जिल्लामा १८१ वटा, पाल्पा जिल्लामा ५०३ वटा, गुल्मी २६४ वटा, रुपेन्देहीमा २८८ वटा, कपिलबस्ुनततमा २६५ वटा संरचना निर्माण भएका छन् ।

यस कार्यक्रममा जनशक्तिको अभाव, साधान श्रोतको अभावमा भएपनि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमबाट माध्यमकि ७६३ वटा आधारभूत १ हजार ७६६, धार्मिक ५५ बालविकास १९५ गरी जम्मा २ हजार ७७९ वटा विद्यालयहरुमा सेवा प्रदान गरिएको थियो । यस कार्यक्रमबाट छात्रा ४१ हजार ५४२३ जम्मा लाभाविन्त भएका छन् ।

शैक्षिक सुधार कार्यक्रमका सहजकर्ता बसन्त चौधरीले आफूहरुले कार्यक्रम लगेर जान नै नसक्ने थियो तर थोरै रकमबाट कार्य सम्पन्न गरी हाल पढाउन र हेर्न लायक बनाएको बताउनुभयो ।

कार्यक्रममा आर्थिक तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदी, मुख्यमन्त्री तथा मन्त्री परिषद्का उपसचिव यमकान्त पाण्डे, शिक्षा निर्देशक मनोज पौडेल, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्मा लगायतले शैक्षिक परिवर्तनलाई सबैले साथ दिनुपर्ने बताउनुभएको थियो ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको समिक्षा कार्यक्रम निर्देशक ग्रीस पुनमगरको अध्यक्षतामा भएको थियो भने अनुगमन अधिकृत चन्द्रकला बुढामगरले सञ्चालन गर्नुभएको थियो । अनुगमन अधिकृत टंक सुनारले स्वागत गर्नुभएको थियो ।

SHARE