पाल्पामा ५५ वर्षीय विकको शव फेला

0
162

साउन २७,२०७९ पाल्पा : पाल्पामा शुक्रबार एक जना मृत फेला परेका छन्।

रामपुर नगरपालिका(५ मटेरीका ५५ वर्षीय मनबहादुर विक आज दिउँसो साढे १ बजे मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक गौतम बोहराले बताए।

घरदेखि २ सय ५० मिटर टाढा ठूलोआपस्थित भित्री कच्ची सडक छेउमा सुनार मृत भेटिएको उनले बताए। उनी बिहान खाना खाएर घरबाट हिँडेका थिए। सडक छेउमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

किड्नीका बिरामी रहेका उनको तीन पटक अप्रेसन भएको बुझिएको छ। घटना के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE