अर्घाखाँचीमा भेटिएको शब कुशलको

0
335

साउन १८,२०७९ अर्घाखाँची :अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरमा वेवारिसे अवस्थामा फेला परेको शवको सनाखत भएको छ।

फेला परेको शव प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर–४ का २८ वर्षिय कुशल केसीको रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए ।

व्यबसायिक कामको सिलसिलामा अर्घाखाँची गएका केसि यहि आतबारदेखी सम्पर्क वीहिन भएका थिए ।

मंगलबार बिहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

SHARE