
साउन ८, २०७९ पाल्पा :पाल्पामा आइतबार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।१७ जना घाइते भएका छन्।
बागलुङको बुर्तिबाङबाट बुटवलतर्फ जादै गरेको लु १ ख ५९५२ नम्बरकाे बस दुर्घटना अपरान्ह साढे ४ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। मृतकको सनाखत हुन सकेको छैन।
उनका अनुसार घाइतेको अवस्था गम्भीर छ। पाल्पास्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि पठाएको छ। अहिले पनि उद्धार कार्य जारी रहेको छ।

घटनाबारे थप विवरण आउन बाकी छ।
.








