गुल्मीदरबार गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशन सम्पन्न

0
245
फाइल फोटो

रामकृष्ण कडेल ,असार ७ , गुल्मी ।
गुल्मीदरबार गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशन मङ्गलवार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको संचालनमा निम्नानुसारको कार्यसूची सहित सुभारम्भ भएको छ । नीति तथा कार्यक्रमहरु

१) न्यायिक समिति, सुशासन समिति, विधायन समिति र लेखा समिति गठन
२) गाउँपालिकाको नारा संशोधन
३) गाउँ कार्यपालिकाको कार्यालयको संगठन व्यवस्थापन सर्वेक्षण प्रतिवेन छलफल
४) आ।व। ०७९र०८० को नीति तथा कार्यक्रम प्रस्तुत
५) शून्य समय ९कार्यालयको वित्तीय प्रतिवेदन र गतिविधिबारे जानाकारी, सम्मान कार्यक्रम र समसामयिक विषयमा छलफल

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले प्रस्तुत गर्नुभएको २८५ बुँदामा उल्लेख भएको नीति तथा कार्यक्रमका केही मुख्य विषयहरू
सुशासन सेवा प्रवाह

ज्ञ) लोकतन्त्रको आधार स् सक्षम स्थानीय सरकारको नीति अवलम्बन गर्दै भष्‍ट्राचारमा शून्य सहनशीलताको नीति लिई नागरिक केन्द्रित सेवा प्रवाहको व्यवस्था मिलाइनेछ ।

द्द) गाउँपालिकाको गतिविधिहरुलाई डिजिटल सूचना पार्टी, मोबाईल एप्स¸ सामाजिक सञ्जाल, एस।एम।एस। तथा वेबसाईट मार्फत सार्वजनिक गरी नागरिकको सूचनाको हकलाई सुनिश्चित गराउँदै गाउँपालिकाको कार्यलाई पारदर्शी बनाउँदै नागरिकहरुको घरघरमा सूचना प्रवाह हुने व्यवस्था मिलाइनेछ ।

घ) जन्मदर्ता र मृत्युदर्ता सेवालाई नागरिकको घरघरमा उपलब्ध गराईनेछ साथै सामाजिक सुरक्षा भत्ता रकम नागरिकको घरदैलोमा पुर्‍याउन आवश्यक व्यवस्था मिलाईनेछ।

द्ध) गाउँपालिकाको कार्यालय तथा अन्तर्गतका कार्यालयहरुबाट संचालन हुने विभिन्‍न कृयाकलापहरुको बारेमा आम नागरिकलाई सु(सूचित गर्दै पारदर्शिता र जनउत्तरदायी सरकारको भावना जागृत गराउन जनतासँग गाउँपालिका रेडियो तथा टिभी कार्यक्रमहरु संचालन गरिनेछ।

छ) जनतासँग अध्यक्ष कार्यक्रम मार्फत विभिन्‍न वडाहरुमा प्रत्येक महिना नागरिक भेटघाट कार्यक्रम संचालन गर्दै आम नागरिकको चासो¸ गुनासो र प्रतिकृयाहरु सम्बोधन गरी नागरिकको नजिकको जनउत्तरदायी स्थानीय सरकार बनाईनेछ।
ट) संचारकर्मीसँग गाउँपालिका कार्यक्रम संचालन गर्दै गाउँपालिकाको वृहत्तर हितको लागि योगदान पुर्‍याउनु भएका पत्रकारहरुको उच्च मनोवल राख्‍न आवश्यक व्यवस्था मिलाईनेछ।

ठ) गाउँपालिकालाई आवश्यक पर्ने जनशक्तिको लागि संगठनात्मक संरचना ९इ७ः० गरी कर्मचारीको कार्यविवरण उपलब्ध गराइनेछ।

ड) गाउँ कार्यपालिकाको कार्यालयबाट सम्पादन गरेका विभिन्‍न कार्यहरुको प्रगती विवरण सहितको भ(दगििभतष्ल मासिक रुपमा प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिईनेछ।

ढ) प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिका अध्यक्षसँग र अन्य शाखा प्रमुख तथा कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृतसँग कर्मचारीको स्पष्‍ट कार्यविवरण र सूचक सहित कार्य सम्पादन करार सम्झौता गरी कर्मचारीको कार्य सम्पादनको मासिक मूल्याङ्कन गरी कर्मचारीलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

ज्ञण्) गाउँपालिकाको वार्षिक विकास कार्यक्रम अनुसार सम्बन्धित शाखाहरुले भाद्र मसान्त भित्र कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रमुख प्रशासकीय अधिकृतसँग पेश गरी कार्ययोजना अनुसार सम्बन्धित विषयगत समितिमा छलफल गरेर मात्र कार्यक्रम संचालन गर्ने र कार्यक्रमको उपलब्धीको बारेमा समीक्षा गरी पारदर्शीता र जवाफदेहीता कायम गर्ने नीति अवलम्बन गरिनेछ।

ज्ञज्ञ) गाउँपालिकाका सबै वडा कार्यालयहरु र वडा कार्यालयको नजिकै रहेका मुख्य व्यापारिक क्षेत्र तथा संवेदनशील स्थानहरुमा ऋऋत्ख् जडान गरी सुरक्षित समाज निर्माण गरिनेछ।

ज्ञद्द) स्थानीय जनताको सुरक्षा¸ सम्पत्तीको संरक्षण¸ स्थानीय सरकारको नीति¸ निर्णय¸ मापदण्ड¸ विपद् व्यवस्थापन, बजार अनुगमन, सेवा प्रवाह आदि कार्यको लागि नगर प्रहरीको व्यवस्था गरिनेछ।

स्वास्थ्य

१। गाउँपालिकामा सुविधा सम्पन्‍न अस्पतालको निर्माण कार्य समयमै सम्पन्‍न गरी आम नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराईनेछ।

२। गुल्मीदरबार गाउँपालिकाका असहाय तथा आर्थिक रुपले विपन्‍न नागरिकहरुको स्वास्थ्य उपचारको लागि निस्शुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिनेछ।

३। गर्भवती महिलाको स्वास्थ्यलाई मध्यनजर गरी नियमित रुपमा स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाई संस्थागत प्रसुतीलाई प्रेरित गर्दै प्रसुतीको लागि निस्शुल्क एम्बुलेन्सको व्यवस्था गरिनेछ।

४। गाउँपालिकाका असहाय र आर्थिक रुपमा विपन्‍न नागरिकहरुको लागि निस्शुल्क एम्बुलेन्सको व्यवस्था मिलाईनेछ।

५। सामुदायिक विद्यालयमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गरी विद्यार्थीको नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था गरी किशोर किशोरीलाई उचित स्वास्थ्य परामर्शको व्यवस्था गरिनेछ।

६। जेष्‍ठ नागरिक¸ अपाङ्ग तथा अशक्त र विपन्‍न नागरिकहरुको घरघरमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाईनेछ ।

७। आमासँग गाउँपालिका कार्यक्रम अन्तर्गत मातृशिशु सेवा, सरसफाई तथा पोषण कार्यक्रमलाई एकिकृत गरी थप प्रभावकारी बनाउन मेरी आमा कार्यक्रम संचालन गरिनेछ।

८। मेरी आमा कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी आमा स् पोषिलो खाना¸ स्वस्थ बच्चा स् स्वस्थ समाज कार्यक्रम संचालन गरी स्थानीय स्वास्थ्य संस्थाबाट सुत्केरी भएको २ वर्षसम्म उपाध्यक्ष पोषिलो कोशेली ९पोषण प्याकेज० उपलब्ध गराईने छ।

९। गाउँपालिकामा विभिन्‍न स्वास्थ्य सचेतना अभियान संचालन गर्दै स्वस्थ समाज निर्माणको लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँपालिकाको तर्फबाट थप यातायात सुविधा तथा संचार सुविधा उपलब्ध गराईनेछ।

१०। महिला स्वास्थ्य स्वयंमसेविका र स्वास्थ्य आमा समूहहरुलाई उत्प्रेरित बनाई समुदायमा परिचालन गरी विभिन्‍न स्वास्थ्य सचेतनाका कार्यक्रम मार्फत रोग छेकौँ स् निरोगी बनौँ अभियान संचालन गरिनेछ।

११। दिर्घरोगीहरु ९उच्च रक्तचाप, मधुमेह र दम० लाई निस्शुल्क औषधी उपचार उपलब्ध गराउने ।
१२। वर्थिङ सेन्टरमा सुरक्षित प्रसुती गराउने नर्सिङ स्टाफलाई प्रोत्साहनको व्यवस्था ।

शिक्षा तथा खेलकुद

१। समग्र विद्यालयको गुणस्तर सुधारको लागि गाउँपालिका र प्रधानाध्यापकसँग कार्य सम्पादन सम्झौता गरी प्रधानाध्यापक र विद्यालयको कार्यसम्पादनको मूल्याकंन गरिनेछ।साथै प्रधानाध्यापक र विद्यालयका विषयगत शिक्षकसँग समेत कार्यसम्पादन गर्ने व्यवस्था मिलाईने छ ।

२। विद्यार्थीहरुलाई संघीयता सुशासन सेवा प्रवाह, भष्ट्रचार निवारण, उपभोक्ता हक र खाद्य सुरक्षा, साईवर अपराध, घरेलुर लैङ्गिक हिंसा, स्वास्थ्य तथा नैतिक शिक्षा लगायतका विषयमा अनुशिक्षण गर्न विद्यार्थीसँग गाउँपालिका कार्यक्रम संचालन गरिनेछ।

३। गरिब तथा जेहन्दार विद्यार्थीलाई एमविविएस अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ।

४। गाउँपालिकाका गरिब तथा जेहेन्दार विद्यार्थीको लागि अध्यक्ष छात्रवृत्ति कार्यक्रम संचालन गरिनेछ।

५। विपन्‍न वर्गका विद्यार्थीहरुको पहिचान गरी त्यस्ता विद्यार्थीहरुलाई निःशुल्क स्टेशनरी, पोशाक लगायतका अन्य सुविधा उपलब्ध गराइनेछ।

६। विद्यालयमा छात्राहरुको नियमित अध्ययनमा उत्प्रेरित गर्नको लागि उपाध्यक्ष शैक्षिक कार्यक्रम संचालन गरिनेछ।

७। एक टोल एक शिशु विकासकेन्द्रको स्थापना गरी न्यून एवं मध्यम आय भएका परिवारका शिशुहरुको प्राथमिक शिक्षालाई सहज बनाउन आवश्यक व्यवस्था मिलाईनेछ।

८। महिला शिक्षिका प्रसुती बिदामा रहेको समयमा विद्यालयमा पठन पाठनमा समस्या हुने अवस्थामा प्रसुती बिदामा रहेको समयको लागि शिक्षक व्यवस्थापन गरी विद्यार्थीको पठन पाठनलाई नियमित गराउन आवश्यक व्यवस्था मिलाईनेछ।

९। गाउँपालिकाका आधारभूत तथा माध्यमिक विद्यालयहरुमा विद्युतिय हाजिरी जडान गरी शिक्षक कर्मचारीलाई नियमित हुने व्यवस्था मिलाईनेछ।

१०। गाउँपालिका भित्र रहेका बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरुलाई उत्प्रेरित बनाउन आवश्यक व्यवस्था मिलाइनेछ।

११। विद्यालयमा विद्यार्थीहरुको दिवा खाजामा अर्गानिक खाद्य पदार्थ प्रयोग गर्दै जंग फुडलाई निरुत्साहन गरिनेछ ।

ज्ञघ। प्रधानाध्यापकलाई विद्यालयको समग्र शैक्षिक गुणस्तर कायम गराउन उत्प्रेरित गर्न विद्यालयको तह अनुसार प्रधानाध्यायक भत्ता तथा सुविधा उपलब्ध गराईनेछ।

ज्ञद्ध। गाउँपालिका भित्र रहेका खेलाडीहरुको पहिचान तथा विकासको लागि खेलाडीसँग गाउँपालिका कार्यक्रम संचालन गरिनेछ।

सामाजिक समावेशीकरण

१। गाउँपालिकाका नागरिकहरुलाई न्यूनतम २० युनिट सम्मको विद्युत महशुल गाउँपालिकाबाट भुक्तानी हुने व्यवस्था मिलाई निस्शुल्क गरिनेछ साथै सामुदायिक विद्युतीकरणलाई राष्ट्रिय प्रशारणमा आवद्धता गराउन आवश्यक व्यवस्था मिलाई सामुदायिक विद्युत प्रयोग गर्नेहरुको हकमा १० युनिट सम्मको विद्युत महशुल गाउँपालिकाबाट निस्शुल्क उपलब्ध गराईनेछ।

२। हिंसा पीडित तथा प्रभावित महिला एवम् बालबालिकाका लागि तत्काल निस्शुल्क कानुनी सहायता, मनोसामाजिक परामर्श र सिपमूलक कार्यक्रम संचालन गर्नको लागि उपाध्यक्ष उद्दार तथा सहायता कोष स्थापना गरी संचालनमा ल्याइनेछ।

३। युवा उद्यमीहरुलाई प्रेरित गर्न अध्यक्ष युवा उद्यम कार्यक्रम संचालन गरिनेछ।

४। गाउँपालिकाका विभिन्न मुख्य सडकहरुलाई नियमित संचालन गर्न आवश्यक मर्मत संभारको लागि आवश्यकतानुसार सडक लेन्थ वर्करको व्यवस्था मिलाइनेछ ।

कृषि

१। कृषि तथा पशु उद्यम विकास परियोजना संचालन गरी गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाईनेछ।

२। विभिन्‍न कारणबाट कृषि तथा पशुपालन हुने जोखिम न्यूनीकरण गर्नको लागि बाली तथा पशुपंछी बिमा कार्यक्रम लागु गरी संघीय तथा प्रदेश सरकारको नीति अनुरुप निःशुल्क बाली तथा पशुपन्छी बिमा गर्ने व्यवस्था मिलाइनेछ।

३। नयाँ प्रविधि, कृषि यन्त्र तथा उपकरणमा कृषकहरुको पहुँच बढाउनको लागि गाउँपालिका मार्फत वितरण गरिने कृषि प्रविधि, यन्त्र तथा उपकरणमा ६ण्५ सम्म अनुदानको व्यवस्था मिलाइनेछ।

४। अर्गानीक तथा रैथाने बाली ९जौ¸ कोदो¸ फापर¸भट्टमास० उत्पादनको लागि व्यक्तिगत¸ सामुहिक तथा सहकारी कृषि खेतीलाई प्रोत्साहन गर्ने नीति लिईनेछ।

५। कृषि क्षेत्रसँग सम्बन्धित विकसित नवीनतम प्रविधिको बारेमा कृषकलाई जानकारी गराउन तथा कृषकहरुको पीरमर्का, समस्या र गुनासोको सम्बोधन गर्दै कृषि उत्पादन वृद्धि गर्नको लागि कृषकसँग गाउँपालिका कार्यक्रम संचालन गरिनेछ।

६। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर गराउन सम्भाव्यताको आधारमा एक वडा एक उत्पादन कार्यक्रम संचालन गरिनेछ।

७। गाउँपालिका भित्र उत्पादित विभिन्‍न कृषि उपजहरु, हस्तकलाका सामग्रीहरु, विभिन्‍न रैथाने कृषि बालीहरुको संकलन तथा विक्री वितरणलाई व्यवस्थित गर्दै लैजानको लागि गाउँपालिकामा संचालनमा रहेको पालिका कोसेली घरलाई थप व्यवस्थित गरिनेछ।

८। कृषकहरुलाई कृषिमा प्रोत्साहन गर्न विभिन्‍न संघसंस्थासँग सहुलियत दरको ऋण लगानीको लागि आवश्यक समन्वय गर्दै कृषकको लागि कृषि ऋणमा लाग्ने ब्याजमा अनुदानको व्यवस्था मिलाइनेछ।

९। कृषकहरुलाई कृषि पेशामा उत्प्रेरित गर्न उत्पादनमा अनुदान दिन आवश्यक व्यवस्था मिलाइनेछ।

१०। व्यवसायीक रुपमा दुध उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्न बिक्रीको आधारमा दुधमा अनुदान दिईने व्यवस्था मिलाइनेछ।

११। पशुपालन व्यवसायमा गाउँपालिकालाई आत्मनिर्भर गराउन बंगुररबाख्रारकुखुरा लगायत पशुपंक्षी पालन सम्बन्धी विभिन्‍न कार्यक्रमहरु संचालन गरिनेछ।

१२। गाउँपालिकाका व्यवसायीक कृषकहरुलाई मापदण्ड तयार गरी गाईरभैसी पालनमा आकर्षण गर्दै पोषणलाई महत्व दिन गाईरभैसी सुत्केरी स्याहार भत्ता उपलब्ध गराईनेछ।

भौतिक पूर्वाधार विकास तर्फः

१। खानेपानीको मर्मत संभार तथा मुहान संरक्षण गर्दै आवश्यकता अनुसार लिफ्ट प्रविधि र ठूला खानेपानी आयोजना संचालन गरी सबै जनताहरुलाई एक घर एक धारा मार्फत स्वच्छ खानेपानी उपलब्ध गराउन आवश्यक व्यवस्था गरिनेछ।

२। मौलिक नेपालीपन झल्किने तथा उच्च कलात्मक शैलिमा निर्मित नीजि आवास एवं सार्वजनिक भवनहरुलाई पुरस्कृत गर्ने व्यवस्था मिलाईनेछ।

३। पूर्वाधारहरुको दिगो व्यवस्थापन तथा उपयोगका लागि मर्मत संभार प्रणालीलाई व्यवस्थित गर्न मर्मत संभार कोषको व्यवस्था गरी मर्मत संभारका लागि आवश्यक पर्ने मेशिनरी औजारहरु जे।सि।वी।, टिप्पर तथा ट्याक्टर लगायतका साधनहरु खरिद गर्ने व्यवस्था मिलाइनेछ।

४। गाउँपालिकाका विभिन्‍न वडाका उपयुक्त स्थानमा व्याडमिन्टनरभलिवल कभर्डहल र क्रिकेट प्रशिक्षण स्थलहरुको निर्माण गरिनेछ।

५। निर्माण गरिने पूर्वाधाहरुको दिगोपना र गुणस्तर कायम गर्नको लागि गाउँपालिकामा पूर्वाधार ल्याब स्थापना गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।

पर्यटन पूर्वाधार

१। समग्र गाउँपालिकाको पर्यटन प्रर्वद्धनको लागि हाम्रो वडा राम्रो वडा अभियान संचालन गर्दै एक वडा एक पर्यटकीय स्थल निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिनेछ।

२। गाउँपालिकामा रहेको ऐतिहासिक गुल्मीदरबार, भुवाने पार्क, ताराखसे लगायत गाउँपालिका भित्रका विभिन्‍न मठ मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि पर्यटन पूर्वाधार कार्यक्रम नीजि क्षेत्रको समेत लागत साझेदारीमा संचालन गर्ने व्यवस्था मिलाइनेछ।

३। अतिथि देवो भव भन्ने संस्कारलाई कायम राख्न गाउँपालिकाका विभिन्‍न स्थानहरुमा होमस्टे संचालन गरिनेछ।

४। गाउँपालिकाको भूवाने पार्क लगायत अन्य उपयुक्त स्थानमा पर्यटन विकासको लागि साहसिक खेलहरु जस्तै स्काई साइक्लिङ¸ बन्जी जम्मिङ, जिप लाइन¸ स्वीङ्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी संघीय तथा प्रदेश सरकारसँग सहकार्य गरिनेछ।

५। गाउँपालिका भित्र रहेका विभिन्‍न टोलहरुमा आवश्यक पर्यटन पूर्वाधारहरु ९बाल उद्यान¸ फुलबारी¸ पार्क¸ व्यायामशाला० निर्माण गरिनेछ।

६। गाउँपालिकाका संचालनमा रहेका विभिन्‍न कृषि फर्म¸ पशुपालन र एग्रो रिसोर्टहरु जस्ता आर्थिक गतिविधिलाई पर्यटकीय गतिविधिसँग आवद्ध गरी आय आर्जन वृद्धि गरिनेछ।

७। गाउँपालिकामा लगानी सम्मेलन आयोजना गरी निजी क्षेत्रको साझेदारीमा पर्यटन पूर्वाधारका विभिन्‍न संरचनाहरु निर्माण गरिनेछ।

वन, वातावरण तथा विपद् तथा फोहर मैला व्यवस्थापन तर्फः

१। हरियो वन नेपालको धन भन्ने नारालाई आत्मसाथ गर्दै एक नागरिक एक रुख रोपणको कार्यक्रम संचालन गरी वन क्षेत्रको संरक्षण गरिनेछ।

२। प्लाष्टिक झोलाको प्रयोगले वातावरणमा परेको असरलाई न्यूनिकरण गर्न गाउँपालिकामा उद्यमी सिर्जना गरी फाइबर तथा कपडाको झोलाको प्रयोगलाई बढावा दिन आवश्यक अनुदानको कार्यक्रम संचालन गरिनेछ।

३। कोभिड(१९ सरुवा रोग लगायतका गैर प्राकृतिक विपद् तथा प्राकृतिक विपद् व्यवस्थापनको लागि विपद् कोषमा आवश्यक रकम विनियोजन गरी कोषको रकम स्वीकृत मापदण्ड बमोजिम उद्धार¸ राहत र सहयोगमा खर्च गर्ने व्यवस्था मिलाईनेछ।

४। विपद् प्रभावित नागरिकको तत्कालिन राहतका लागि आवश्यक पर्ने खाद्यान्‍न, खानेपानी, लत्ताकपडा, औषधी, सरसफाई तथा शैक्षिक सामग्री जस्ता वस्तुहरु खरिद गरी उपलब्ध गराउन तथा तत्सम्बन्धी अन्य आवश्यक कार्य गरी तत्काल राहत उपलब्ध गराइनेछ ।
५। गाउँपालिकामा फोहरमैला व्यवस्थापनको लागि डम्पिङ साईट निर्माण गर्ने ।

SHARE