रामपुरमा खाद्य सुरक्षा, पशुपालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

0
181

सुशीला रेग्मी
रामपुर (पाल्पा), २६ जेठ :पाल्पाको रामपुरमा खाद्य सुरक्षा, पशुपालन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम भएको छ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई बुटवलको आयोजना तथा सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाको व्यवस्थापनमा कार्यक्रम भएको हो । सहकारीका अध्यक्ष कृष्णकुमार अर्यालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रमको सहजिकरण नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई बुटवलका योजना अधिकृत, खिमानन्द खनाल, अनुगमन तथा मुल्याङ्कन विज्ञ दुर्गाबहादुर बोहोरा, सामाजिक परिचालक बिरकुमार बुढाले गर्नुभएको हो ।

पशुधन सुरक्षण समितिका संयोजक नगिलाल पौडेलले धन्यवाद दिनुभएको थियो । कर्मचारी सरिता पंगेनीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सहकारीका सचिव विनोद श्रेष्ठले गर्नुभएको हो । यस आर्थिक वर्ष देखि दुई करोड वजेटमा आयोजनाको सहयोगमा दुध उत्पादनको लागि गाईभैसीपालन सम्बन्धी दुईवर्षे कार्यक्रम संचालन गरिएको छ ।

यस कार्यक्रम अन्तर्गत सहकारीका १९ जना कृषक सहभागी छन् । साथै नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई बुटवलको टोलीले सहकारी अन्तर्गत संचालित पशुफार्मको अनुगमन गरेको छ । सहकारीले आयोजनाको टोलीलाई खादा ओढाएर स्वागत तथा सम्मान गरेको छ ।

SHARE