खोलामा डुबेर ३६बर्षका युवकको मृत्यु

0
290

जेठ ५, २०७९पाल्पा : जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर रूपन्देहीको सिद्धार्थ नगरपालिका -१० का ३६ वर्षीय कयम अलीको बिहिवार मृत्यु भएको छ।

साथीहरुसँगै घुम्न आएका अली खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

खोलामा पौडी खेल्दै फोटो खिच्ने क्रममा उनी एक्कासी बेपत्ता भएपछि सँगै गएका साथीहरुले प्रहरी चौकी दोभानमा खबर गरेका थिए।

खबर लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अलीको खोजतलास गरेको थियो। खोजतलास गर्ने क्रममा प्रहरीले अलीलाई सोही स्थानमा पानीमा डुबेको अवस्थामा उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाएको थियो।

अस्पताल लैजाँदा अलीलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE