पाल्पामा गाडी दुर्घटना १ जनाको मृत्यु, २ घाइते

0
235

वैशाख २२,२०७९पाल्पा : पाल्पाको चरचरेमा सामान बोक्ने गाडी बिहीबार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। साथै २ जना घाइते भएका छन्।

बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ च ७७८० नम्बरको गाडी सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका(५ चरचरेमा दुर्घटना हुँदा रामपुर(३ गण्डकीढिक स्थायी घर भई रामपुर(५ बेझाड बस्ने ४२ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। उनको घटनास्थलमै मृत्यु भएको हो।

रामपुर नगरपालिका(३ का २७ वर्षीय गाडीचालक खेमबहादुर खाम्चा र सोही स्थानका ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छन्। श्रेष्ठको अवस्था गम्भीर छ।

घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

जिप अनियन्त्रित भई सडकभन्दा करिब ३०० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE