गुल्मीमा तीन वर्षमा सवारी दुर्घटनामा परि ४९ जनाको मृत्यु

0
506

गुल्मी , मंसिर २७ गते । गुल्मी जिल्लामा पछिल्लो तीन वर्षमा सवारी दुर्घटना बढ्र्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा कुल ६७ सवारी साधन दुर्घटना हुँदा ४९ जनाको मृत्यु भयो । ८६ जना सक्त घाईते भएका छन् भने ६३ जना सामान्य घाइते भए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्यांक अनुसार आ.व २०७३÷०७४ मा कुल २१ सवारी साधन दुर्घटनामा परेका छन् । जसमा ११ जनाले ज्यान गुमाए । २६ जना सक्त घाइते तथा १६ जना सामान्य घाइते भए । त्यस वर्ष ट्रक २, बस २, जिपकार ७, ट्याक्टर ७, मोटर साइकल ३ दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परी पुरुष ७, महिला ३, बालबालिका १ जनाको मृत्यु भएको थियो । भने सक्त घाइतेतर्फ पुरुष १५, महिला ५ बालबालिका ६ जना परेका छन् ।सामान्य घाइते पुरुष १०, महिला २, बालबालिका ४ जना रहेका छन् ।

आ.व.०७४÷०७५ मा १७ सवारी साधन दुर्घटनामा परे । जसमा १९ जनाले ज्यान गुमाए । २८ जना सक्त घाइते तथा २२ सामान्य घाइते बने । त्यस वर्ष डोजर १, बस २, जिपकार ४, ट्क्याटर ५, मोटर साइकल ५ दुर्घटनामा परे । दुर्घटनामा परी पुरुष १४, महिला ५ जनाले ज्यान गुमाएका छन् । भने सक्त घाइतेतर्फ पुरुष १७, महिला ६, बालबालिका ५ जना परेका छन् । सामान्य घाइते पुरुष १७, महिला १, बालबालिका ४ जना रहेका छन् ।

आ.व.०७५÷७६ मा २९ सवारी साधन दुर्घटनामा परे । जसमा १९ जनाले ज्यान गुमाए । ३२ जना सक्त घाइते तथा २५ जना सामान्य घाइते भएका छन् । त्यस वर्ष बस १, जिप,कार १२, ट्क्याटर १०, मोटरसाइकल ६ दुर्घटनामा परे । दुर्घटना हुँदा पुरुष ११, महिला ४, बालबालिका ४ को मृत्यु भएको छ । सक्त घाइते तर्फ पुरुष १७, महिला १०, बालबालिका ५ रहेका छन् । भने सामान्य घाइते तर्फ पुरुष ११, महिला ७, बालबालिका ७ जना रहेका छन् ।

चालु आर्थिक वर्ष ०७६÷०७७ को कार्तिक मसान्तसम्म १० सवारी साधन दुर्घटनामा परे । दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् । जसमा सक्त घाइते १५, सामान्य घाइते २ , पशुचौपाय १ को समेत मृत्यु भयो ।
जसमा बस १, जिप ६, ट्क्याक्टर १, मोटरसाइकल २ दुर्घटनामा परे । दुर्घटनामा पुरुष ६, महिला १ जनाले ज्यान गुमाएका छन् । सक्त घाइते तर्फ पुरुष १० महिला २ तथा बालबालिका ३ जना रहेका छन् । समान्य घाइते २ जना रहेका छन् ।

पछिल्लो तीन वर्षमा १६ हजार ५ सय ४ सवारी साधन कारबाहीमा परे । जसबाट कुल १ करोड १ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भयो ।
तथ्याङ्कअनुसार आ.व २०७३÷०७४ मा ५ हजार ३ सय १३ सवारी साधन कारबाहीमा परे । त्यस वर्ष सवारी कारबाहीबाट ३२ लाख एक हजार रुपैँया राजस्व सङ्कलन भयो ।

आ.व.०७४÷०७५ मा ४ हजार ८ सय २ सवारी साधन कारबाहीमा परे । त्यस वर्ष सवारी कारबाहीबाट २८ लाख ९३ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भयो ।

आ.व.०७५÷०७६ मा ६ हजार ३ सय ८९ सवारी साधन कारबाहीमा परे । त्यस वर्ष सवारी कारबाहीबाट ३९ लाख ७ हजार रुपैँया राजस्व सङ्कलन भएको छ । भने चालु आर्थिक वर्ष ०७६÷०७७ को कार्तिक मसान्त सम्म १३ लाख ८३ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविण आचार्यले सवारी दुर्घटना हुने मुख्य कारण न्यूनिकरणका बिषयमा सरकारवाला निकायलाई जानकारी दिए ।

उनका अनुसार मानविय कारण, सडकको कारण, यान्त्रिक कारण, वातावरणीय कारण दुर्घटना हुने गरेको हो । त्यसमध्ये सवारी दुर्घटना हुने प्रमुख मानविय कारण हुने गरेको बताउनुभयो । उहाँले चालकको लापरर्वाही, पैदल यात्रीको गल्तिले बढी दुर्घटना बढेको बताए ।
जिल्लामा लापरवाही पूर्वक सवारी चलाउने, तिब्र गतिमा सवारी चलाउने, जभाभावि ओभरटेक गर्ने प्रवृत्तिका कारण दुर्घटना हुने गरेको आँैल्याए । पछिल्लो समय मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी चलाउने प्रमुख समस्या पाईएको बताए ।

एउटै चालकले लामो समय सम्म चलाउँने, क्षमताभन्दा बढी यात्रु तथा ओभर लोड बोक्ने, छतमा यात्रु तथा व्यापारीक सामाग्री राख्ने गरेका कारण पनि दुर्घटना बढेको उल्लेख गरे । उनले पुरानो सवारी साधनलाई मर्मत गरेर चलाउने परिपाटीका कारण पनि दुर्घटना हुने गरेको बताए ।

SHARE