पाल्पाको रामपुरमा नगर प्रमुखको लागि ६ जनाले मनोनयन दर्ता

0
218

बैशाख १३,२०७९पाल्पा :स्थानीय तह निर्वाचनका लागि पाल्पाको रामपुरमा नगर प्रमुखको लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै उप–प्रमुखमा ४ जनाको उम्मेदवारी परेको छ । नगर प्रमुखमा कांग्रेस बाट रमण बहादुर थापा, एमाले बाट शिव अर्याल, राष्ट्रिय प्रजातन्त्र पाटी बाट राजेन्द्र ढकाल, जनता समाजवादी पाटी नेपाल बाट निराजन रेग्मी, स्वतन्त्रमा प्रेम प्रकाश श्रेष्ठ र मंगोल नेशनल अर्गनाईजेशन बाट माया सुनारीले मनोनयन दर्ता गराउनु भएको हो ।

त्यस्तै उपप्रमुखमा ४ जनाको मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेस बाट बालकुमारी थापा, नेकपा एमाले बाट दुर्गा देवी राना, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट गायत्री न्यौपाने र मंगेल नेशनल अर्गनाईजेशन बाट भिम बहादुर आलेले मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु उम्मेदवार लिएर पञ्चे बाजा, सांस्कृतिक झाँकी र नारा लगाउँदै बेझाँड बजार परिक्रमा सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । बेझाँड बजार परिसर दिनभर पञ्चेबाजा लगाएतका सांस्कृतिक झाँकी र नाराले गुन्जायमान बनेको थियो । रामपुर नगरपालिकाका वडाहरु मध्ये कांग्रेस र एमालेले १० वटै वडा बाट अध्यक्ष सहितको उम्मेदवार पठाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ वटा वडा र नेकपा एकिकृत समाजबादीले २ वटा वडामा अध्यक्ष सहितको उम्मेदवारको मनोनयन दर्ता गराएको छ ।

वडा अध्यक्षमा कांग्रेस बाट वडा नं। १ को वडा अध्यक्षमा कपिल बहादुर खाँण, वडा नं। २ मा कृष्ण बहादुर दर्जी, वडा नं। ३ मा उमनाथ अर्याल, वडा नं। २ मा राम बहादुर राना, वडा नं।५ मा दुर्गा प्रसाद पोखरेल, वडा नं। ६ मा दिवाकर देवकोटा, वडा नं। ७ मा दोवराज तिवारी, वडा नं। ८ मा मोहन श्रेष्ठ, वडा नं। ९ मा डिल बहादुर राना र वडा नं। १० मा विजय रानाको मनोनयन दर्ता भएको छ ।

नेकपा एमाले बाट रामपुर १ को अध्यक्षमा मिन बहादुर खाँण, वडा नं। २ को अध्यक्षमा कृष्ण बहादुर थापा, वडा नं। ३ को अध्यक्षमा दामोदर पाठक, वडा नं। ४ को अध्यक्षमा विष्णु बहादुर सारु, वडा नं। ५ को अध्यक्षमा श्याम कुमार श्रेष्ठ, वडा नं। ६ को अध्यक्षमा जनक भण्डारी, वडा नं। ७ को अध्यक्षमा शंकर प्रसाद गौतम, वडा नं। ८ को अध्यक्षमा दिनेश आचार्य, वडा नं। ९ को अध्यक्षमा नेत्र बहादुर गाहा, वडा नं। १० को अध्यक्षमा तोयानाथ सारुको मनोनयन दर्ता भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं। ३ मा गोविन्द भट्टराई, वडा नं। ४ मा मोहम्द अलीम, वडा नं। ५ मा दुर्गा प्रसाद पोखरेल, वडा नं। ६ मा हरि प्रसाद भण्डारी, वडा नं। ८ मा कृष्ण प्रसाद अर्याल, वडा नं। १० मा विष्ण प्रसाद भण्डारीलाई वडा अध्यक्षको उम्मेदवार पठाएको छ । नेकपा एकिकृत समाजवादी बाट वडा नं। ३ को अध्यक्षमा श्रीधर पराजुली, वडा नं। १० को अध्यक्षमा कृष्ण प्रसाद भण्डारीको मनोनयन दर्ता गराएको रामपुर नगरपालिकाका निर्वाचन अधिकृत श्याम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय मंगलबार विहान १० बजे देखि ५ बजे सम्म तोकेको छ । मनोनयन पत्र र उजुरी माथि १४ गते १० बजे देखि १५ गते साँझ ५ बजे सम्म जाँच बुझ गरी १५ गते साँझ ५ बजे देखि ६ बजे भित्र मनोनय भएको उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा १६ गते १० बजे देखि ५ बजे भित्र लिन सक्नेछ ।

SHARE