जीतपुर सिमराः सत्ता गठबन्धनका उम्मेदवार राजनको जित सुनिश्चित

0
268

बारा : संविधानसभाबाट संविधान निर्माणपछि सम्पन्न भएको पहिलो पटकको स्थानीय तह चुनावमा जीतपुरसिमरा उपमहानगर पालिकाको मेयर पदमा उम्मेदवार भइरहँदा माओवादी केन्द्रका नेता राजन पौडेलसँग कुनै चुनावी अनुभव थिएन ।

संगठन वडा र टोलसम्म कमिटीगत रुपमा सबल भइसकेको थिएन । प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवारहरु उनको तुलनामा नगरवासीका बीचमा चिनिएका र सुनिएका नाम थिए । तर पनि उनले नगरभित्र पार्टी संगठन र स्थानीय जनतासँगको गहिरो हिमचिमसम्बन्धका कारण धेरैले नपत्याउँदा पनि उनी उपमहानगरभित्र बलियो उम्मेदवार बने ।

गत स्थानीय तह चुनावमा माओवादीले देशभरका ११ उपमहानगरपालिकामा कँही कतै जित निकाल्न सकेनन् । तर जीतपुर सिमरामा मुख्य पद मेयर उपमेयर अन्य उपमहानगरको तुलनामा थोरै मतान्तरले पराजित भएपनि उपमहानगरभित्रको १० वटा वडामा माओवादीले जित निकाल्यो ।

२४ वटा वडा रहेको उपमहानगरमा सबैभन्दा बढी वडा जितने पार्टी माओवादी नै बन्यो, त्यसपछि बल्ल मेयर जितेको एमालेको ७ वटा वडामा अध्यक्ष जितेको थियो । कांग्रेस ५ र तत्कालीन राजपा (हाल लोसपा) २ वटा वडामा जितेको थियो ।

तर जसले मेयर जिते (एमालेका डा. कृष्णप्रसाद पौडेल) उनले उपमहानगरलाई कुशलतापूर्वक हाँक्न सकेनन् । पिएचडी अध्ययन गरेका मेयर नगरवासीले पाउँदा पनि उनको पढाइ उपमहानगरको विकास र समृद्धिमा कुनै काममा आएन । बरु उल्टै कार्यक्षमता मूल्यांकनमा अन्य स्थानीय तहको तुलनामा निक्कै कमजोर रेकर्ड जीतपुरसिमरा उपमहानगरले राख्ने काम ग¥यो ।

वित्त आयोगको सुशासन समितिले देशभरका ७५३ वटा स्थानीय तहमा गरेको कार्य क्षमता, सुशासनलगायतलाई आधार बनाएर प्रकाशित गरेको प्रतिवेदनमा जीतपुरसिमराको रेकर्ड कमजोर छ । अर्थात्, सबै स्थानीय तहमध्ये सबैभन्दा कमजोरबाट हेर्दा दोस्रोमा जीतपुर सिमराको रेकर्ड छ ।

यो ५ वर्षको बीचमा उपमहानगरको मतदाताको मनोविज्ञान, त्यहाँको समाजको चरित्रमा निक्कै फरबदल आएको छ । यही बीचमा आएको कोभिड संकट र जनतामा त्यसले निम्त्याएको कहरमा निर्वाचित मेयर बेपत्तै जस्तो भए । औद्योगिक क्षेत्रले ब्यहोरेको आर्थिक संकटमा मेयर बेखबर भएरै बसिदिए ।
अर्का त्यसबेलाका कांग्रेसका उम्मेदवार पनि आफ्नै पार्टीका कार्यक्रममा बाहेक अन्य बेला उपमहानगरभित्र कुनै कार्यक्रममा देखिदै देखिएनन् । तर माओवादी केन्द्रका नेता पौडेल भने जनतासँगै रहे । जनतासँगै निरन्तर चुनाव हारे पनि जितेका मेयरभन्दाबढी सक्रिय भएर विकसित जीतपुरसिमराको लागि निरन्तर खटिइरहे । यसले उनको लोकप्रियता उपमहानगरपालिकामा झन् बढाएको छ ।

सत्तागठबन्धन दलले महानगर र उपमहानगरको सिट बाँडफाँड गर्दा माओवादी केन्द्रको भागमा १ महानगर र २ उपमहानगरको नेतृत्वमा सहमति बनेको छ । जसमध्येको एक हो जीतपुर सिमरा । जहाँ गठबन्धनको तर्फबाट माओवादी केन्द्रले मेयर पाएको छ ।

माओवादीका तर्फबाट त्यहाँ उम्मेदवारका आकांक्षी थिए, गत निर्वाचनमा चुनाव लडेका उनै राजन पौडेल, बारा जिल्ला नेता छत्रबहादुर श्रेष्ठ (अनिल) र पूर्व संविधानसभा सदस्य जयराम दाहाल । यी तीनमध्ये माओवादीको उपमहानगर कमिटीले पौडेलको नाम मात्रै सर्वसम्मतरुपमा केन्द्रलाई सिफारिस गरेको छ ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल (प्रशान्त)ले जीतपुरसिमरामा पौडेलको नाम मात्रै सर्वसम्मत सिफारिस भएर केन्द्रमा आएको बताए । यसको निर्णय केन्द्रीय कार्यालयको विस्तारित बैठकले गर्ने उनको भनाई छ ।
गत चुनाव विश्लेषण
गत स्थानीय तह चुनावमा जीतपुरसिमरा उपमहानगरपालिकामा कांग्रेस, एमाले र माओवादी एक्लाएक्लै लडेका थिए । त्यसबेला यी दलहरुले पाएको चुनावी मतपरिणामको मतान्तर धेरै ठूलो छैन । मेयरमा एमालेले १४ हजार ८६५ मत ल्याएर चुनाव जितिरहँदा कांग्रेसका उम्मेदवारले ११ हजार ९९५ र माओवादीका उम्मेदवार पौडेलले ११ हजार २५१ मत ल्याएका थिए ।

एमालेबाट मेयरमा निर्वाचित डा. कृष्णप्रसाद पौडेल त्यसबेला कांग्रेस र माओवादीका अन्य प्रतिस्पर्धी दुई उम्मेद्वारभन्दा परिचित अनुहार थिए ।
उनी पीएचडीसम्म अध्ययन गरेका, राजनीतिमा लामो समय व्यतीत गरेका, तत्कालीन जीतपुर गा.वि.स.का अध्यक्ष भइसकेका र चुनावी अनुभव बटुलिसकेका नेता थिए । कांग्रेसका उम्मेदवार कृष्णवर्त सिंह पनि परिचित थिए । तर, माओवादीका उम्मेदवार राजन पौडेल उनीहरूको तुलनामा नयाँ थिए । उनीसँग चुनावी अनुभव थिएन । तर पनि पौडेलले जितेका एमाले उम्मेदवार र कांग्रेसका उम्मेदवारसँग प्रतिस्पर्धी भोट ल्याए ।

गत चुनावी परिणाममा एमालेका पौडेल पहिलो, कांग्रेसका सिंह दोस्रो र माओवादीका पौडेल तेस्रो भए । तर, वडाको विश्लेषण गर्ने हो भने एमाले पहिलो, माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो स्थानमा थियो ।

SHARE