पूरा भयो पूर्व मुख्य सचिब लीलामणी पौडेलको सपना ,२०३३ सालमा खोलाले बगाएको स्मरणमा पुलको अबधारण

0
766
तीन मुखे पुलको तस्विर : खबरमार्केट

गीता बस्याल
बैशाख ७,२०७९ गुल्मी : नेपाल सरकारका पूर्व मुख्य सचिब लीलामणी पौडेललाई २०३३ सालमा पाल्पाबाट अध्यनन गरेर फर्किदा रिडीखोला तर्दा खोलाले बगाएको उहाँले स्मरण गर्नुभयो । त्यही समय देखिनै रिडीखोलामा पुलको आवश्यकता भएको भन्दै उहाँको मस्तिष्कमा सधै रहिरहेको थियो ।

रिडीको पारी स्याङजाको कारीकोटमा हनुमानको मुर्ति भएपनि त्यो मुर्ति हेर्न जान पुल नभएकै कारणले अध्यारोमा परेको र स्याङजा संगको सम्बन्ध नै नभएजस्तो हुने गरेकाले पनि पुलको आवश्यकता बढेको पौडेलको भनाई छ ।

आफूको मस्तिष्कमा तत्काल पुलको आवश्यकता भन्ने भए पनि २०६९ सालदेखि तीनमुखे पुलको अबधारण ल्याएको बताउनुभयो । रुरुक्षेत्र छुट्टै पहिचान भएको क्षेत्र भन्दै तीन बटै जिल्लाहरुको सम्बन्धलाई थप बिस्तार गर्न र पर्यटकीय स्थल बनाउनका लागि तीन मुखे पुलको अबधारण ल्याएको बताउनुभयो ।
नयाँ डिजाइन भएकाले तत्कालीन इन्जिनियरहरुले जोखिम मोलेर काम गर्न सकिदैन भन्ने र डराएका कारणले पनि केही समय निर्माणमा ढिलाई भएको पौडेलले बताउनुभयो । सो पुल निर्माण गर्नका लागि पटक पटक इन्जिनियरहरु सहित तीन वटै जिल्लाका स्थानीय बिकास अधिकारी संग रिडीमा छलफल र बैठकहरु गरेको पौडेलले बताउनुभयो ।
नेपालकै आकर्षक नमुना पुल निर्माणले तीन जिल्ला बिच थप सम्बन्ध बढ्ने र आन्तरीक पर्यटकहरुमा समेत बृद्धि हुने उहाँको दाबी छ ।

यता रुरुक्षेत्रका स्थानीय चुरामणी तिमिल्सेनाले तीनमुखे पुल बनेपछि पर्यटकहरुको मुख्य केन्द्र बिन्दु पुल बन्ने बताउनुभयो ।
अन्य कुनै स्थानमा यस्तो पुल नभएकाले अबलोकन गर्न आउने भएकाले पर्यटन संगै धार्मिक क्षेत्रको पनि थप प्रचार प्रसार हुने बताउनुभयो । यो संगै यहाँका होटल ब्यबसायीहरु पनि भष्टाउदै जाने र पैदल यात्रीहरुका लागि तीन जिल्ला जान र आउन थप सहज हुने उहाँको भनाई छ ।
अहिले सो पुलमा फोटो खिच्न र टिकटक बनाउन आउँनेहरुको भीड लाग्ने गरेको उहाँले बताउनुभयो ।

पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ रिडी ,स्याङ्जाको कालीगण्डकी १ कारिकोट चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका १४ अर्गली जोड्ने छ ।
कालीगण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर १७७.४ मिटर लम्बाईमा तीन जिल्लाको मध्य भागको दुरीमा रहेको छ । पुलको मध्य भागमा रहेको पिलरबाट हरेक जिल्लामा पुग्न बराबर दुरी रहेको छ ।
२०७१ साल मङसिर १५ गते शिलन्यास गरिएको देशकै नमूना तीन मुखे पुलको निर्माण कार्य सम्पन्न भएको छ ।
तत्कालिन नेपाल सरकारका मुख्य सचिब लीलामणी पौडेल र गुल्मी क्षेत्र नम्वर दूईका सांसद चन्द्र भण्डारीले शिलन्यास गरेको देशकै नमुना तीन मुखे पुल निर्माणको कार्य सम्पन्न भएको सस्पेन्सन बृज डिभिजन कार्यालयका प्रमुख भरत अर्यालले जानकारी दिनुभयो ।

गुल्मी ,स्याङजा, र पाल्पाको संगम स्थल रिडी क्षेत्रको कालीगण्डकीमा तीन जिल्लालाई जोडने गरी देशकै नमुना झोलुङगे पुल निर्माणको जिम्मा नयाँबाटो, रुबिना, मना जेबीले पाएको थियो ।

२०७१ साल असार १० गते तीन वर्ष भित्रमा पुल निर्माण सम्पन्न गर्ने गरी नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा नयाँबाटो, रुबिना, मना जेबी र स्थानीय पुर्वाधार बिभाग सस्पेन्सन ब्रीज डिभिजन पुल्चोक बिच सम्झौता भएको थियो ।
तीन पटक सम्म म्याद थप गरी कार्य सम्पन्न भएको सस्पेन्सन बृज डिभिजन कार्यालयले जनाएको छ ।
पुलको निर्माण ब्यवसायीले ७५ प्रतिशत भुक्तानी लिएको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले उद्घाटन गर्ने योजना
निर्माण कार्य सम्पन्न भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने योजना भएकोमा निर्वाचन आचार संहिताका कारण रोकिएको अर्यालले बताउनुभयो ।
तत्कालिन गुल्मी क्षेत्र नम्बर दूईका सांसद चन्द्र भण्डारीको समन्वयमा प्रधानमन्त्रीबाट उद्घाटन गर्ने योजना बनाएकोमा आचार संहिताका कारण उद्घाटन गर्न नसकिएको उहाँको भनाई छ ।

SHARE