रामपुरमा महिला नेतृ सावित्रा गैहे सहित दश उपप्रमुखका दाबेदार

0
225

बैशाख ७,२०७९ पाल्पा :पाल्पाको रामपुर नगरपालिकाको उपप्रमुख पदमा महिला नेतृ सावित्रा गैहे«ले उम्मेदवारी घोषण गर्नुभएको छ ।

नेपाली कांग्रेस पार्टीमा बिगत तीन दशक अघि देखि निरन्तर क्रियाशिल भई योगदान दिदै आउनुभएकी गैहे«ेले यस पटकको स्थानीय तहको निर्वाचनका लागि उपप्रमुख पदमा पार्टीमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । सामाजिक तथा राजनैतिक क्षेत्रमा अनवरत रुपमा योगदान गर्दै आउनुभएकी गैह«ेले पार्टीमा योगदान र सक्रियताको आधारमा टिकट दिनुपर्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पार्टीमा जसले निरन्तर खटेर लामो समय देखि काम गरिरहेको छ, उसको योगदानको कदर गर्दै टिकट दिनुपर्छ, योगदान भन्दा पनि रहरै रहरमा उम्मेदवारी दर्ता गराउनु भन्दा पनि म कत्तिको उपप्रमुख पदको लागि योग्य छु र मेरो पार्टीमा योगदान कति छ त्यसको ख्याल उम्मेदवार आफैले एक पटक स्व : मुल्याङ्कन गर्नुपर्छ” ।

विसं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा आफूले शहीदको सम्मान गर्दै शहीद सूर्यप्रसाद घिमिरेको छोरी हाल रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यलाई सर्वसहमत रुपमा सहयोग गरेको बताउनुभएको छ ।

नेपाल महिला संघको रामपुर नगरपालिकाको उपसभापति समेत रहनुभएकी गैह«ेले आफूले उपप्रमुखमा रहेर काम गर्ने अवसर पाएमा निस्वार्थ रुपमा सामाजिक भावनाका साथ काम गर्ने र महिलाहरुको आर्थिकस्तर माथि उकास्ने खालका लगायत विविध कार्यक्रम गर्ने बताउनुभयो ।

“एक व्यक्ति एक पद हुनुपर्छ, पद लिने काम नगर्ने परिपाटी छ, त्यसकारण म आफूले पनि उपप्रमुख पदमा आकाङ्क्षी भएकाले पार्टीको महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बनिन्, सबै ठाउँमा मैले नै नेतृत्व गर्न पाउनुपर्छ भन्ने अडान राखेर हुदैन, पार्टीप्रतिको लगाव, योगदानलाई कदर गरेर टिकट दिनुपर्छ” उहाँले भन्नुभयो ।

विसं २०४६ सालको आन्दोलनमा सशक्त रुपमा पार्टीमा लागेर काम गर्नुभएकी महिला नेतृ गैह«ेले विभिन्न सामाजिक संघ संस्थामा सहयोग गर्दै आउनुभएको छ । पार्टीको नीति र सिद्धान्तलाई पछ्याउँदै स्पष्ट रुपमा आफ्ना विचार, भावना राख्ने गैह«े रामपुरवासी महिलाको ढुकढुकी हुनुहुन्छ । यस पटकको निर्वाचनमा रामपुरका महिलाहरुले गैह«ेलाई उपप्रमुख पदमा उम्मेदवार बनाउन चौतर्फी रुपमा जोडदार माग गरेका छन् । समृद्धि महिला समाज नेपालका अध्यक्ष, राममन्दिर संचालक समितिका उपाध्यक्ष, राम मन्दिर महिला समुहका अध्यक्ष लगायतका विभिन्न सामाजिक संघ संस्थामा उहाँले नेतृत्व गरिरहनुभएको छ ।

गैह«े सहित रामपुर नगरपालिकाको उपप्रमुख पदमा सरस्वती डोटेल, बिष्णुमाया ढकाल, सीता डोटेल, भगवती खनाल, कमला बस्ताकोटी, दुर्गादेवी भण्डारी, बुद्धीप्रकाश रेग्मी बालकुमारी थापा र पबित्रा ढकाल पौडेल हुनुहुन्छ । यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदावर नगर प्रमुख, उपप्रमुख सहित बहुमतले रामपुरमा जित हासिल गरेको हो । त्यस्तै दशवटा वडामध्ये वडा नं २, ४, ५, ६, ७, ८ मा नेपाली कांग्रेस र वडा नं १, ३, ९ र १० मा नेकपा एमालेले जित हासिल गरेको थियो ।

यस पटकको निर्वाचनमा यहाँ नगर प्रमुख , उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य पदमा टिकट आफ्नो पोल्टामा पार्न उम्मेदवारहरुको रस्साकस्सी बढेको छ ।

SHARE