नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

0
299

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३० चैत :नयाँवर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम पाल्पाको रामपुरमा भएको छ ।

सीताकुण्ड मिडिया प्राली रामपुरको आयोजनामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नयाँ वर्ष २०७९ को भित्तेपात्रो विमोचन गर्नुभएको छ । नगर प्रमुख थापाले समाज विकासमा मिडिया र सञ्चारकर्मीको मह्त्वपूर्ण भूमिका रहने बताउनुहुदै कुनै पनि राजनैतिक दलको निकट नभएर तटस्थ भएर सबैका साझा व्यक्तिका रुपमा चिनिने गरी काम गर्नुपर्ने बताउनुभयो ।

पत्रकारले समाजको वास्तविकता र यथार्थ, सत्यतथ्य बुझेर कसैको झुकावमा नरही निस्पक्ष तरिकाले कलम चलाउन अनुरोध गर्दै नगर प्रमुख थापाले राम्रोलाई राम्रो र नराम्रा कुरालाई खबरदारी गर्नु प्रेसको दायित्व रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, राष्ट्रिय जनमोर्चा नगर कमिटी अध्यक्ष पदम पौडेल, रामपुर नगरपालिका वडा नं ६ का वडाअध्यक्ष हुमनाथ न्यौपाने, ५ का वडाअध्यक्ष हिमाल मल्ल, २ का वडाअध्यक्ष ताराबहादुर थापा, १ का वडा अध्यक्ष मित्रलाल कंडेल लगायतले बोल्दै सुचना समाचार संप्रेषणमा मिडिया र पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुहुदै नयाँ वर्षको शुभकामना दिनुभएको छ ।

सीताकुण्ड मिडिया प्रालीद्धारा सञ्चालित कटुवाल खबर डटकमका संवाददाता प्रकाश ज्ञवालीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सह सम्पादक इमान सिं रानाले गर्नुभएको भने लेख सम्पादक दानबहादुर हिस्किको अध्यक्षतामा कार्यक्रम चलेको हो । कार्यक्रमको अवसरमा सहभागीलाई संस्थाले प्रकाशन गरेको २०७९ को भित्तेपात्रो र मायाको चिनो प्रदान गरिएको छ ।

SHARE