रामपुरमा म्याराथन दौड प्रतियोगिता हुदैँ

0
328

सुशीला रेग्मी
चैत ११,२०७८ पाल्पा :रामपुरमा प्रथम म्याराथन दौड प्रतियोगिता हुने भएको छ । रामपुर युवा क्लवले चैत १२ गते शनिबार महिला पुरुषका लागि खुल्ला म्याराथन दौड प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताका सन्दर्भमा क्लवले पत्रकार भेटघाट गरी जानकारी दिएको छ । क्लवका अध्यक्ष छमबहादुर दरैको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष दरैले प्रतियोगिता संचालनका सन्दर्भमा जानकारी दिनुभएको छ । रामपुर नगरलाई खेलमा चिनाउन र युवाको खेलकुदप्रति अभिरुची बढाउन म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभएको छ । पाँच सय खेलाडीलाई प्रतियोगितामा सहभागी गराइने क्लवले जनाएको छ ।

महिला पुरुषतर्फ गरी छुट्टाछुट्टै विधामा प्रतियोगिता हुनेछ । रामपुर वेझाँड बजारबाट सुरु भई सदावर्त, मटेरी, भम्बक, आर्मी क्याम्प, तिलकपुर, तालपोखरा, विजयपुर, कालीआँप, बट्टार, डुम्रीगाँउ, किसानबारी, वेझाँड खेत हुँदै पुन ः वेझाँड बजार सम्मको स्थान तोकिएको छ । करिव ११ किलोमिटर दुरीको दौड प्रतियोगिता हुने बताइएको छ ।

प्रतियोगितामा महिला पुरुष दुवैतर्फ प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश ः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार रहेको छ । होटल न्यु श्रीनगरको सभाहलमा भएको कार्यक्रमको संचालन सचिव सुन्दर कंडेलले गर्नुभएको हो ।

SHARE