भूतखोलाले लियो १८ बर्षीय युवकको ज्यान

0
227

चैत ५,२०७८पाल्पा : तिनाउ गाउँपालिका(३ मा रहेको भूतखोलामा डुबेर शुक्रबार एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका(८ का १८ वर्षीय प्रसन्न पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले बताए।

तीनजना साथीसँगै घुम्न आएका उनी हातमुख धुने क्रममा आज दिउँसो ३ बजे खोलामा डुबेका थिए। तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाँदा आजै अपराह्न करिब ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE