राससकर्मी रेग्मीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार

0
581

फागुन७, २०७८ पाल्पा ःराष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता सुशीला रेग्मीलाई रासस पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

राससको ६१ औं बार्षिकोत्सवको अवसरमा पाल्पा (रामपुर) समाचारदाता राससकर्मी रेग्मीलाई पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । रासस संचालक समितिको शुक्रबार बसेको बैठकबाट राससकर्मी रेग्मीलाई यस वर्षको लुम्बिनी प्रदेशबाट उत्कृष्ट र सबैभन्दा धेरै समाचार संप्रेषण गरेबापत कामको उचित मुल्याङ्कन गरी पुरस्कारको सिफारिस गरिएको हो ।
कोभिड १९ को सङ्क्रमण सहज बन्दै गएपछि सबैलाई एक समारोहका बीच पुस्कार प्रदान गर्ने कार्यक्रम रहेको राससका प्रधान सम्पादक एकराज पाठकले बताउनुभयो ।
राससकर्मी रेग्मीले यसभन्दा अघि राससबाटै दुई पटक उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । उहाँ पाल्पालाई पत्रकारिताको कर्मथलो बनाएर १३ वर्ष देखि पत्रकारिता गर्दै आउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) ले ६१ औँ वार्षिकोत्सवका अवसरमा वर्षभरिमा उत्कृष्ट र धेरै समाचार सम्प्रेषण गरेका सातै प्रदेशका स्थानीय समाचारदाता (स्ट्रिङ्गर), फोटो पत्रकार तथा आलेख समाचारदातालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पुरस्कृत हुने स्थानीय समाचारदाताहरुमा प्रदेश नं १ बाट दिलकुमार लिम्बू, (फुङलिङ, ताप्लेजुङ), मधेश प्रदेशबाट अजयकुमार साह, (धनुषा), वाग्मती प्रदेशमा देवराज सुवेदी, (सिन्धुपाल्चोक), गण्डकी प्रदेशबाट तारानाथ आचार्य (बलेवा, बागलुङ), लुम्बिनी प्रदेशबाट सुशीला रेग्मी, (रामपुर, पाल्पा), कर्णाली प्रदेशबाट मिमबहादुर रावल (कालीकोट) र सुदूरपश्चिम प्रदेशबाट विनोदसिंह विष्ट (बैतडी) रहनुभएको छ ।
यसैगरी ‘भ्रुणहत्या रोक्न कस्सिए छोरीका आमाहरू’ शीर्षकमा रञ्जीता अधिकारी (देउखुरी, दाङ) लाई आलेख समाचारमा पुरस्कृत गरिएको छ ।
त्यस्तै सक्रिय रुपमा फोटोग्राफीमा खटिएवापत रासस केन्द्रीय कार्यालयका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ र भीषण वर्षा, बाढी÷पहिरो, हिमपातका अवस्थामा पनि जोखिम मोलेर निरन्तररूपमा मनाङ जिल्लाबाट उत्कृष्ट तस्वीर सम्प्रेषण गरेवापत नवीन लामिछानेलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि जनही रु.१५ हजार तथा प्रशंसापत्र रहेको छ ।

SHARE