रामपुरमा मोटरसाईकल दुर्घटनामा ४२ बर्षीय सार्कीको मृत्यु

0
202

सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ फागुन : मोटरसाईकल दुर्घटनामा पाल्पा रामपुर नगरपालिका ४ भिमसेनटोलका ४२ वर्षिय प्रेमबहादुर सार्कीको मृत्यु भएको छ ।

बुधबार राती करिव ९ वजेको समयमा बाङ्गेपसलबाट सदावर्ततर्फ जाँदै गरेको प्रदेश नं. ३–०२–००८ प २९८५ को मोटरसाईकल ईस्लामपुरमा दुर्घटना हुँदा पछाडी सवार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

चालक रामपुर ५ बेझाँड बस्ने ३५ वर्षिय जीवन श्रेष्ठ गम्भीर घाइते रहेको प्रहरीले बताएको छ । दुर्घटनामा घाईते दुवै जनालाई उपचारको लागि रामपुर अस्पताल लगिएकोमा सार्कीलाई डाक्टरले मृत घोषणा गरेको हो ।

गम्भीर घाईते श्रेष्ठलाई रामपुर अस्पतालमा सामान्य उपचार पश्चात लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
मोटरसाईकल अनियन्त्रित भई सडककुनाको नालीमा पल्टीएको थियो । दुर्घटना सम्बन्धी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

SHARE