पाल्पामा आज मात्रै ४७ जनामा संक्रमण पुष्टि ,सक्रिय संक्रमतिको संख्या ५४४ पुग्यो

0
613

माघ ११,२०७८ पाल्पा : पाल्पामा मंगलबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५४४ पुगेको स्वास्थ्य कार्याय पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका १० जना, पूर्वखोला गाउँपालिकाका ३ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, रम्भा गाउँपालिकाका ३ जना, बगनासकाली गाउँपालिकाका ५ जना, तिनाउँ गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका १९ जनामा कोरोना पुष्टि भएको हो ।

सक्रिय संक्रमितमध्ये ७ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै सोही अवधिमा ७ जना संक्रमित भने संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । ।

SHARE