ट्रयाक्टर चोरेको आरोपमा २५ बर्षीय युवक पक्राउ

0
266

कात्तिक २९,२०७८पाल्पा : ट्रयाक्टर चोरेको आरोपमा एक जना पक्राउ परेका छन्।

झापाको बिर्तामोड नगरपालिका(९ का २५ वर्षीय राजेश राय क्षेत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

अभियुक्त क्षेत्रीले गत बुधबार गुल्मीको छत्रकोट गाउँपालिका(४ स्थित राजेश्वरी कण्ट्रक्सन प्रालिको नाममा रहेको लु ४ त ६९८६ नम्बरको न्यू होल्याण्ड ब्राण्डको ट्रयाक्टर चोरेर भागेको प्रहरीले बताएको छ। उनले पाल्पाको तिनाउ गाउँपालिका(४ खारापानीबाट राति साढे १० बजे ट्रयाक्टर चोरेको बताइएको छ।

राजेशलाई गत शुक्रबार तनहुँको दमौलीबाट पक्राउ गरिएको त्वातीले बताए।

SHARE