सुपादेउराली नजिकै जीप दुर्घटना हुँदा दुई जना घाईते

0
404

अनुज पछाई
कात्तिक २५,२०७८ प्युठानःप्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर (३ बुकिनीमा जीप दुर्घटना हुँदा दुई जना घाईते भएका छन । मल्लरानी – १ चुद्ररिखोला देखि अर्घाखाचिको सुपा देउराली मन्दिर दर्शन गर्न जाँदै गरेको लु१ज ३७०७ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । प्रहरीका अनुसार ३५ बर्षिया सुरज नेपाली र २२ बर्षिया सुबास नेपाली घाईते भएका हुन।

उनिहरु जिल्ला अस्पताल बिजुवार प्यूठानमा सामान्य उपचार पछि घर फर्केका छन । जीपमा पन्ध्र जना यात्रु सवार रहेका थिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

SHARE