देउखुरीमा धान भित्राउनको चटारो

0
703

दिवाकर पोख्रेल
देउखुरी, २० असोज
दाङ : देउखुरी लमही नगरपालिका वडा नम्बर ८ सतवरीया निवासी मंगल चौधरीले एकैदिन एक्लैले एक बिघा भन्दा बढि जग्गामा लगाएको धान काटेर सिध्याउनु भएको छ । विगतका वर्षमा चौधरीले मजदुर खोजेर धान काट्न लगाउनु भएको थियो तर, यसवर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि धान काट्ने मजदुरको आवश्यकता नै परेन । दाङ सहित देउखुरीका अधिकांश सबै कृषकहरु यतिबेला धान काट्न व्यस्त रहेका छन् । खेतमा पाकेर पहेँलै भएको धान काट्न मेसिन भित्रिएपछि कृषकलाई छिटो र सजिलो भएको छ ।
यतीबेला सबै किसानलाई अहिले धान काट्ने चटारो छ । धान पाकेर सुन जस्तै पहँेलिएको खेतलाई किसानले विभिन्न मेसिनको सहयोगमा काट्न थालेका छन् । ‘विगतका वर्षमा हप्ता दिनसम्म हातले थोरैथोरै धान काट्ने गरेका किसान अहिले एकै दिनमा मेसिनको प्रयोगले धेरै धान काट्न थालेँ, चौधरीले भन्नुभयो,—। ‘आजभोलि धान काट्ने मेसिन रिपरको सहायताले धान काटिरहेका छन् । धान खेती गर्ने किसानलाई मेशिन भित्रिएपछि सजिलो भएको छ ।’ एक सातामासम्म गरिने काम आजभोलि एक दिनमै सकिन थालेको छ । रिपरको सहायतामा धान काट्दा एक घण्टामा एक बिघा धान काट्न सकिन्छ, चौधरीले भन्नुभयो ।
धेरै खेतीपाती गरेका किसानलाई धान काट्नका लागि धेरै जनशक्ति चाहिने गरेको अवस्थामा रिपरले अहिले धेरै सहज बनाएको गढवा गाउँपालिका वडा नम्बर ४ अजगढवा निवासी खुसिराम चौधरीले बताउनुभयो । ‘रिपरको सहयोगमा धान काट्दा श्रमशक्ति खोज्ने झन्झट कम हुन्छ । धान काट्न लागत समेत कम लाग्ने भएकाले धान कटाइमा रिपरको सहायताले धेरै सहज भएको छ, उहाँले भन्नुभयो । कृषी क्षेत्रमा मेसिनरी सामाग्री भित्रीएपछि खेती गर्न चाहने कृषकलाई सजिलो भएको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया निवासी रामप्रसाद यादवले बताउनुभयो । उहाँले खेत जोत्न, धान काट्न लगायतसबै काम गर्न मेसिनको सहयोगबाट गर्दै आएको सुनाउनुहुदै, रिपरको सहयोगमा धान काट्दै आएको बताउनुभयो ।
मौसम हेरेर धान काटियो, अब मजदुर लगाएर धान उठाएर खेतमै दाउने योजना रहको छ । उहाँले भन्नुभयो,—। ‘छिटो काम सके ढुक्क हुन्छ भनेर मेसिन ल्याएर धान काटेका हुँ ।’ रिपरले एक घण्टामा एक विघा क्षेत्रफलको धान काट्न सक्छ । यसका लागि थोरै जनशक्ति खेतमा परिचालन भए पुग्छ । रिपरको सहायताले धान काट्दा काम छिटो र समयमा सम्पन्न हुनेभएकोले मौसमबाट हुने जोखिम समेत कम हुने गरेको छ ।’ यता राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदी निवासी सिता चौधरीले लागत कम र सहज भएकाले धान काट्न मेशिनकै सहयोग लिन थालेका बताउनुभयो ।

SHARE