खेरजाने कागजबाट बन्छ क्यारेट, बाताबरण सरसफाई, आम्दानी दुबै

0
501

दिवाकर पोख्रेल
देउखुरी, १८असोज । प्रयोग भइसकेका कागज, कार्टुनहरूबाट अण्डा राख्ने क्यारेट बनाएर दाङ देउखुरी लमहीका तिनजना युवकहरुले राम्रो आम्दानी गर्न थालेका छन् । खेर जाने कागजको सदुपयोग गर्दै लमही नगरपालिका वडा नम्बर ६ दुमदुमा स्थित निराकार पौडेल, निरवज बस्नेत र प्रदिपसिंहले राम्रो आम्दानी गरिरहेका छन् । लमही नगरपालिकाको वडा नम्बर ६ देउपुर दुमदुमा स्थित दुमदुमा क्यारेट उद्योग (एकट्रे) नामको उद्योग स्थापना गरेर फोहोरका रुपमा फालिने कागज, कार्टुनलाई कच्चापदार्थको रुपमा प्रयोग गरी नम्बर अनुसारको क्यारेट उत्पादन गरि प्रति क्यारेट पाँच रूपैयाँ ७५ पैसामा विक्रि गर्दै आएको उद्योगी निराकार पौडेलले बताउनुभयो ।
लमहीका स्थानीय तीनजना युवकहरूले झण्डै दुईकरोडको लगानीमा क्यारेट उद्योग संचालनमा ल्याएका छन् । चितवन पछि दाङ जिल्लामा कुखुरा पालन गर्ने फर्महरू बढेसँगै क्यारेटको माग बढेकाले उद्योग संचालनमा ल्याएको उद्योगी पौडेलले बताउनुभयो । उद्योगबाट अहिले प्रतिदिन विसहजार क्यारेट उत्पादन गरिहरहेको र उत्पादित क्यारेट दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, लगायतका पोल्ट्री फार्ममा विक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।
उद्योगी पौडेललका अनुसार कागज, किताव, कापी, पत्रिका, कार्टुन लगायत कागजी सामाग्रीलाई प्रशोधन गरी क्यारेट बनाइन्छ । पानी र कागजलाई मिलाएर मेशिनमा राखेपछि मेशिनले क्यारेट तयार पार्दछ र लगभक पाच देखि छ घण्टासम्म घाममा सुकाएपछि क्यारेट तयार हुन्छ, उहाँले भन्नुभयो । क्यारेट उत्पादन गर्ने कच्चापदार्थ घोराही र धनगणीबाट ल्याउने गरिएको छ । उद्योगी पौडेलका अनुसार दुमदुमा क्यारेट (एकट्रे) उद्योग संचालनमा ल्याएको करिब पाच वर्ष पुरा भएको बताउनुहुदैँ, फालिने कागजबाट क्यारेट उत्पादन गर्ने उद्योगमा स्थानीय विसजनालाई नियमित रोजगारी उपलब्ध जानकारी दिनुभयो ।
क्यारेट उत्पादनमा हिउँदमा दुई दिन र वर्षामा सोचे जस्तो हुदैन । हाल उद्योगमा क्यारेट उत्पादन गर्ने मेशिन एउटामात्र छ । यो वर्ष अर्को मेशिन थप गर्ने योजनामा रहेका छाँै, उद्योगी पौडेलले भन्नुभयो,—। ‘अहिले वार्षिक एक करोडको कारोबार हुदै आएको छ । अवको योजना अनुसार वर्षीक दुईदेखि तिन करोडसम्म आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ ।’ एक विगाहा क्षेत्रफलमा उद्योग संचालन गरेको जानकारी दिदै, थप क्षेत्रफल बढाउने योजना अगाडि सारेको उहाँले बताउनुभयो ।

SHARE