कृष्ण प्रसाद मरासिनी
:घर,परिवार, समाज मात्र नभएर र राष्ट्रकै राजनैतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक
रूपान्तरणको महत्वपूर्ण योगदान गर्न सक्ने वर्ग भनेको युवा वर्ग नै हो ।
व्यक्ति, घर, गाउँ र समाजमा भएका बिकृति बिसङ्गति कुलत जस्ता घृणित कार्य अन्त्य गर्ने, शोषण, अन्याय, अत्याचार र दमनबाट ग्रसित समाजलाई उज्यालो मुहारमा बदल्नका लागि युवाको भूमिका अपरिहार्य छ। विश्वमा आज सम्म मानवले जेजति आविष्कार गर्न सक्यो र राजनैतिक, सामाजिक लगायतका ठुला परिवर्तन भएका छन्, ती सबैयुवाको सक्रिय सहभागिता र पहल कदमीमा मात्र सम्भव भएका छन् ।
यस अर्थमा युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनका नायक एवं संवाहक हुन् । नेपालमा भएका ठुला ठुला क्रान्ति र परिवर्तनमा युवाको महत्वपूर्ण भुमिका छ । युवाहरूको भुमिकालाई लिएर चिनियाँ क्रान्तिका नायक माओत्सेतुङले भन्नुभएको छ– “युवाहरू हो, यो संसार तिमीहरूको हो” तिमीहरू ले गर्न नसक्ने यो सन्सार मा केही छैन।
त्यसैगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले भन्नुभएको छ “जुन देशमा युवाको संख्या अरु उमेर समूहको भन्दा अधिक हुन्छ ,त्यो
देश कहिले गरिब हुन सक्दैन”। तर हाम्रो देशको उच्च राजनीतिक नेतृत्वबाट नै युवाहरूको व्यापक दुरूपयोग भइरहेको छ । युवालाई आफूमाथि कहिल्यै प्रश्न नगर्ने मानव परिचालित रोबर्टमा परिणत गर्न खोजिएको छ ।
आफ्नो स्वार्थपूर्ति गर्ने साधनको रूपमा मात्र हामी युवाहरुलाई प्रयोग गरिरहेका नेताहरुबाटै हामी युवाले आफ्नो सुन्दर भविष्यको निर्माण र देश विकासको अपेक्षा गर्नु झनै गम्भीर ,डरलाग्दो मात्र होइन कहालि लाग्दो स्थिति हो । “बर्मा गए कर्म सँगै, नेपाल गए कपाल सँगै ” यो उक्ति त्यत्तिकै बनेको होइन । हामी चाहे यूरोप वा अमेरिका जहाँ बसे पनि जहाँ गए पनी हाम्रो सोच परिवर्तन भएको छैन ।
हामी देश छोडेर परदेशमा परदेशि जीवन बिताउदै गर्दा पनि हामी युवामा आलोचनात्मक चेतनाको विकास भएको देखिदैन । आलोचनात्मक चेतनाले मात्र देश र समाजमा घट्ने विभिन्न घटना परिघटनामा सही र गलत छुट्याई तथ्यमा रहेर समर्थन वा विरोध गर्न सिकाउँछ । आज हामीले पार्टीको नेताको बोलीलाई आफ्नो आस्थालाइ आधार बनाएर रवर स्टामको रुपमा अन्धभक्त स्पोट गर्दछौं। हामीलाई सहि र गलतको कुनै हेक्काहुदैन भन्ने कुरा नेकपा एमालेका युवा नेताभनिने महेश बस्नेतलाई पनि लिन सकिन्छ ।
ओलि बा भन्नुहुन्छ भने “धरहराबाट हामफाल्न तयार छु ” भन्ने अभिव्यक्तिले हामी जस्ता युवाहरुको शिर झुकेको छ । हामी युवाहरूलाई , आफु र आफ्नो कर्म माथि बिश्वास छैन र नेताको साथ लियेर आफ्नो भविष्य खोजी गर्दैछौं । महेश बस्नेत त एक उदाहरण मात्र हुन । हाम्रो समाजमा यस्ता हजारौ पात्र छन चाहे ती ओलि ,माधब ,प्रचण्ड वा शरेबहदुरको बोलीलाई अमृत वाणी संझेर अन्ध धुन्द बिस्वास गरुन । हामी नेतासँगको बसाई,उठाइ अघिपछि,दायाबाया रहदा आफ्नो शान सम्झछौ । नेताका गलत गतिविधिका हरेक पाइला
पाइलामा साथ दिन्छौं, थप्पडि मार्छौ ,नारा जुलुस गर्छौ ।
बिचार नमिल्ने असल गतिविधिको घोर निन्दा मात्र होइन घर बाराबार समेत गर्न पछि पर्दैनौं। आखिर किन?के को लागि ? तिनै नेताको निहित स्वार्थको लागि? नेताले सत्ता र कुर्सी पाएपछि के गर्दैछन त यो सबैका सामु छर्लङ्गै छ। उसको पहिलो प्राथमिकता आफन्त तथा आसेपासेलाई ठेक्कापट्टा ,जागीर लगाउने , सेटिङ्ग मिलाएर भ्रष्टचार कमिसन मार्फत पुर्खौं पुर्खा लाई पुग्न्ने सम्पति कमाउने ।,काठमाडौंमा ठूला महल ठड्याउने आपूmलाइ धनि बनाउने ,देशलाई हरि कंगाल बनोस उसलाई मतलव छैन ।
आज सम्म जुनसुकै पात्र सतामा आएपछि भएको यहि होइन ? तात्विक रुपमा कम र बेसिको मात्र कुरा होला ,अन्यथा “जुनै जोगि आए पनि कानै चिरेको “जस्तो भयेको छैन ? आखिर हामीयुवाहरु ले के पायौ ? आज हामी हजारौं युवाहरू खाडी,दुवै ,कतार , यूरोप अमेरिका लगायत देशहरुमा दिन प्रतिदिन पसिना बगाउन बाध्यछौ । स्वदेशमा श्रम पसिना बगाउने आशा मार्दै दिन प्रति दिन हजारौं प्रतिभाहरु बिदेश पलायन भै रहेका छन ।
हामी युवाहरूका समस्या, बढदो बेरोजगारि ,युवाहरूको भविश्यको बारेमा कुनै नेताबाट कुनै ठोस पहलभयो ? युवाहरुलाई सम्बोधन गर्ने खालको निति कार्यक्रम खोइ ? कुनै पनि पाटिको कुनै नेतामा हामी युवाहरु को समस्या सम्बोधन गर्नै खालको कुनै भिजन नै देखिदैन । छ् त केवलझुठो आस्वासन र खोक्रो भाषण र सस्तो चुनावमुखी कार्यक्रम । हामी यूरोप अमेरिका एबं बिकसित देशमा बसेर विकास र सिस्टम देखेका युवाहरू तिनै नेताको कुरा को पछीलागेर अन्धभक्त बनी नेताको गलत कदमको पनि स्वार्थ अनुसार अर्थ लागाइ होमाहो मिलाउने जस्ता कार्यलाई प्रश्रय दिइरहेका छौं ।
यस्ता गतिविधिमा प्रश्रय दिइरहदा यी नेताहरुको मनोबल उच्च बनाई रहेका छौं मातृभूमि र आफ्नै लागि वेइमानी त गरिरहेका छैनौं । विधि,पद्धतिको कार्यान्वयनले अगाडी बढेका
देशमा हामीले बसेर गरेका अनुभव सिकेको ज्ञान यिनै हुन ? हामीले विवेकहिन भएर सही र गलतको नछुट्टाइकन अन्धभक्तिभाव देखायदै जाने हो भने यस्तो नेतृत्वले देशलाई अझै वर्वादी तथा जटिल मोडमा पुराउने कुरामा कुनै संका छैन । तसर्थ हामी युवाहरू जाग्नु जागरुक हुनु अत्यन्तै जरुरी छ । आज युवाहरुको लागि ठोस निति तथा कार्यक्रम आवस्यक छ । युवा मैत्री नीति , कार्यक्रम र रोजगारी श्रृजना नहुदा हजारौं युवा अरुको देशमा
आयेर अरुको गुलामी गर्न बाध्यछौं ।
जवसम्म हामीले राजनीति पुर्बाग्रह बिना सहिलाई प्रश्रय र गलतलाई खबरदारी गर्न सक्दैनौं तबसम्म देशमा गलत प्रवृति र अराजकता हाबी भैरहन्छ । त्यसैले आजैदेखि बोलौँ, सधैबोलौँ अनियमितता, भ्रष्टचार, लाचारीपन, ढिलासुस्ती, सामाजिक कुरीति, विभेद र अन्धविश्वास विरुद्ध । एकजुट भएर खबरदारीमा उठौँ युवा, जागौँ युवा, जुटौँ युवा । अब देखाउँ सबैलाई, जगाऔं सबैलाई र तताउँ सबैलाई ताकी कुनै पनि पार्टीले बहुमत र सत्ताको बलमा अराजक काम गर्न नसकोस ।
विवेकशील युवाको तागतले गलत प्रवृतिको निमूर्ल मात्र गर्दनकि असल र जागरुक समाजको निर्माणमा सहयोग पुग्नेछ । व्यक्तिबाट समाज, समाजबाट गाउँ बन्छ, गाउँ बनेमा जिल्ला र जिल्ला बन्यो भने मात्र देश बन्न सक्छ । त्यसैले देशको विकास र समाजमाहुने विभिन्न खाले विकृतिहरु हटाउनका लागि युवाहरु नै अग्रसर हुनुपर्ने हुन्छ ! असल समाजबाट असल नेता निर्माण हुन्छ। असल नेताले मात्रै देशलाई सहि दिशामा लैजान सक्छ तब मात्रै हाम्रो
देशको सर्वाङ्गिण बिकास हुन्छ । देश सर्वाङ्गिण बिकास तर्फ अगाडी बढेमात्र बिदेशमा भएका हामीहरु नेपाल फर्किने बाताबरण बन्नेछ । हामीले बिदेशमा सिकेको सीप ज्ञान नेपालमा प्रयोग गर्ने वातावरण बन्न सकेमा समग्र देशको बिकासको मार्ग खुल्नेछ । तसर्थ युवाहरूको भाग्यको बिधाता हामी स्वयम् आफै युवाहरू हो ।
त्यसैले आफ्नो भाग्यको निर्माणका लागि सत्य, न्याय र समानतामा आधारित समाज निर्माण पहिलो आवस्यकता हो । यसका लागि युवाले आफ्नो ऐतिहासिक दायित्व र भूमिका निर्वाह गर्नबाट किमार्थ नचुकौ , परिवर्तन आफै बाट सुरु गरौ ,नेताको गलत कार्यको खवरदारी गरौं, पार्टी पार्टी बनाउने नेतालाई असल नेता बनाउने काम हाम्रो हो। पार्टी हाम्रा पेवा होइनन न हामी जन्मिदा कुनै पार्टीमा थियौं वा मर्दा पार्टीका भएर मर्दछौं ।
नेतृत्वको असल गुण र चरित्रका आधारमा छानौं । कुनै पाटीको झोले होइन विवकशील युवा बनौं । आफूबाट शुरु गरौं । असल बनौं ।
(लेखक मरासिनी युरोप अर्घाखाँची समितिका उपाध्यक्ष हुन ।)