
भदौ१३,२०७८पाल्पाःअविरल वर्षाले घर भत्किँदा पाल्पामा आज बिहान १० वर्षीया बालिकाको मृत्यु भएको छ।
तानसेन नगरपालिका–५ कैलाशनगरस्थित नारायण दर्जीको एक तले कच्ची घर भत्किँदा १० वर्षीया छोरी नैनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। ढुंगा माटोले पुरिएको अवस्थामा उद्धार गरेर मिसन अस्पताल लगिएकी उनको उपचारको क्रममा मृत्यु भएको हो।








