गुल्मीमा ६० हजार भन्दा बढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा

0
1009

सन्तोष महतारा
साउन१५,२०७८गुल्मीः गुल्मीमा अहिलेसम्म ६० हजार भन्दा बढी नागरिकले स्वास्थ्य बीमा गरेका छन् ।
जिल्लामा कुल ३२ हजार महिला र २८ हजार ५ सय पुरुष गरी कुल ६० हजार पाँच सयले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा वोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले जानकारी दिएको छ ।

जिल्लाका १२ वटा स्थानीय तहमा रहेका ९३ वडाका ९३ जना सम्पर्क ब्याक्ति मार्फत जिल्लामा करिब १ वर्ष ७ महिनाको अवधिमा सोचेभन्दा बढीको स्वास्थ्य बिमा सफल भएको स्वास्थ्य बीमा वोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका कार्यालय प्रमुुख तथा दर्ता अधिकारी डिकेन्द्रबहादुर बिष्टले जानकारी दिए ।

जिल्लाको रेसुङ्गा नगरपालिकाका १० हजार ७ सय जनाले स्वास्थ्य बिमा गरेका छन्. । त्यस्तै जिल्लाको मुसिकोट नगरपालिकाका ३ हजार ३ सय जनाले स्वास्थ्य बिमा गरेका छन् । मालिका गाउँपालिकाका ३ हजार ८ सय जना, मदाने गाउँपालिकाका १ हजार ४ सय ५० जना, इस्मा गाउँपालिकाका २ हजार ८ सय जना, धुर्कोट गाउँपालिकाका ४ हजार जनाले स्वास्थ्य बिमा गरेको कार्यालयले जनाएको छ । साथै जिल्लाको गुल्मीदरबार गाउँपालिकाका ५ हजार जना, छत्रकोट गाउँपालिकाका ६ हजार २ सय जना, रुरु गाउँपालिकाका ७ हजार ९ सय जनाले स्वास्थ्य बिमा गरेका छन् । साथै जिल्लाको कालीगण्डकी गाउँपालिकाका ४ हजार जना, चन्द्रकोट गाउँपालिकाका २ हजार १ सय २५ जना र सत्यवती गाउँपालिकाका ८ हजार ५ सय ५० जनाले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा वोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका कार्यालय प्रमुुख बिष्टले बताए ।

गुल्मीमा वि.सं. २०६८ को जनगणना अनुसार ६५ हजार घरधुरी र २ लाख ८० हजार १ सय ६० जनसङ्खया रहेको छ । अहिलेसम्म जिल्लामा जनसङ्खयाको आधारमा २१ प्रतिशतले स्वास्थ्य बीमा गरेका छन् ।
त्यस्तै घरधुरीको आधारमा ३० प्रतिशत भन्दा बढी घरपरिवारले स्वास्थ्य बीमा गरेका छन् । नेपाल सरकारले ७० वर्षभन्दा बढी उमेर पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा निशुल्क गर्दै आएको छ । जसमा ७० वर्ष काटेका ११ हजार १ सय ३७ जनाले स्वास्थ्य बीमा गरेका छन् ।
त्यस्तै ‘क’ वर्गका अपाङ्गहरुलाई गरिने निशुल्क बीमामा जिल्लाका ५ सय २८ घरपरिवारले स्वास्थ्य बीमा गराएका छन् । घरमा एकजना ‘क’ वर्गको अपाङ्ग भएका उक्त घरका ५ जनासम्मको निशुल्क बीमा हुदै आएको छ ।
एचआईभी एड्स नामक भाइरसको संक्रमण भएकाहरु जिल्लाका ८२ जनाले घरपरिवारलाई समेत स्वास्थ्य बीमा गरिएको कार्यालयले जनाएको छ । त्यस्तै स्वास्थ्य बीमा वोडका अनुसार कुष्ठ रोग लागेका जिल्लाका ७ जनाको घरपरिवालाई निशुल्क स्वास्थ्य बीमाकोे सुविधा पुगेको बिष्टले जानकारी दिए । त्यस्तै महिला स्वंमसेविकाहरुको पनि ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा गरिन्छ । कुल १ हजार ७ सय ५० रुपौया तिरेर स्वंमसेविकाहरुले ५ जना परिवारसम्मको स्वास्थ्य बीमा गर्न सकिन्छ ।

गुल्मीमा वि.सं. २०७६ माघ २१ गतेबाट आधिकारीक रुपबाट स्वास्थ्य बीमाकोे कार्यक्रम अगाडी बढाइएको हो । कुल ३ हजार ५ सय रुपैँया तिरेर ५ जनाको परिवारले १ लाखसम्मको सेवा लिन सकिने स्वास्थ्य बिमा वोर्डले जानकारी दिएको छ । सरकारले निशुल्क रुपमा गरिदिने ज्येष्ठ नागरिक, ‘क’ वर्गका अपाङ्गहरु, एचआईभी एड्स नामक भाइरसको संक्रमण भएकाहरु, कुष्ठरोग लागेकाहरुको एकपटक बीमा गरिसकेपछि आफै नविकरण हुने गर्दछ ।
त्यस्तै रकम तिरेर बीमा गर्नेहरुले स्वास्थ्य बिमाको सेवा लिन नविकरण गर्नुपर्दछ । तर, जिल्लामा कुल बिमा गरेकामध्ये ८० प्रतिशतले मात्र बिमाको सेवा लिनका लागि नविकरण गरेका छन् ।

स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा वोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले सम्पुर्ण वडासँग समन्वय गरी ९३ वडामा ९३ जना ब्याक्ति तोकिएको कार्यालय प्रमुख बिष्टले बताए ।
“कोरोनाको समयमा पनि गुल्मीका २० प्रतिशत भन्दा बढीमा स्वास्थ्य बीमा पुराएका छौँ ।” स्वास्थ्य बीमा वोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका कार्यालय प्रमुख बिष्टले भने, “स्थानीय तहले समन्वय गरेर सहयोग गरेमा सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुग्ने थियो ।” उनले स्वास्थ्य बिमामा ३ हजार ५ सय रुपैँया लगानीले १ लाख रुपैयाँ आम्दानी हुने भएकोले सबैले स्वास्थ्य बीमा गर्नुपर्नेमा जोड दिए ।

गुल्मीको सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पताल, धुर्कोट गाउँपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र, छत्रकोट गाउँपालिकामा रहेको श्रृङ्गा प्राथामिक स्वास्थ्य केन्द्र, सत्यवती गाउँपालिकामा रहेको जोहाङ्ग प्राथामिक स्वास्थ्य केन्द्र र रुरु गाउँपालिकामा रहेको रिडी प्राथामिक स्वास्थ्य केन्दं्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिन्छ ।
सामान्य रोगको चेकजाँचका लागि रेफर भएर बाहिर जानुपर्दा जिल्लाको तम्घासमा रहेको गुल्मी अस्पतालबाट रेफर हुनुपर्छ भने जटिल रोगका लागि आकस्मिक उपचार गर्नुपरेमा बीमाको कार्ड लिएर स्वास्थ्य बिमा लागु भएका अस्पताल गएमा उपचार गर्न सकिने भएकोले आफुले समेत समन्वय गरिदिने स्वास्थ्य बीमा वोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका कार्यालय प्रमुुख बिष्टले जानकारी दिए ।

SHARE