सामाजिक कार्यमा जुट्दै रामपुरका युवा

0
313

–सुशीला रेग्मी
साउन१०,२०७८पाल्पाः कोरोनाको कहरमा सामाजिक कार्यमा पाल्पा रामपुरका युवाले उदाहरणीय काम गर्दै आएका छन् ।
रामपुर युवा क्लबमा आबद्ध युवाहरुले रामपुर अस्पतालमा उपचाररत बिरामी, बिरामीका कुरुवा, उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई दैनिक बिहान साँभm निशुल्क खाना खुवाउने कार्य गरिरहेका छन् ।
रामपुर अस्पतालको आइसोलेशनको शैयामा बिरामी रोगले छटपटाई रहेको अवस्था, अस्पताल बाहिर बिरामीका आफन्त खानाको खोजीमा भौतारिदै गरेको यो दृश्यलाई देखेपछि खाना खुवाउने अभियान थालनी गरिएको रामपुर युवा क्लबका सचिव युवा सुन्दर कंडेल बताउछन्।
उनी अस्पतालमा कोभिडका बिरामीलाई आइसोलेशनमा राखेर उपचार सुरु गर्न थालेको खबर सुनेपछि त्यहाँको अवस्था बुझ्न अस्पताल परिषरमा पुगेका थिए । केहीबेर अस्पताल परिसरमा बसेर त्यहाँको दृश्य नियाल्दै जादा बिरामीका आफन्त खानाको खोजीमा नजिकैका होटलमा पसे तर होटल व्यवसायीले कोभिडका बिरामीलाई खाना खुवाउन भने चासो देखाएनन.् ।
यस्तो दृश्य नियालेका कंडेलले बिरामीका निम्ति केही सहयोग गर्ने मनसायले रामपुर युवा क्लबमार्फत बिहान साँझ खाना खुवाउने अभियानमा युवालाई हातेमालो गर्दै अग्रसर भएर जुटेको बताउँछन् ।
वैशाख अन्तिम साता रामपुर अस्पतालमा आइसोलेशन सञ्चालनमा आएको थियो भने आइसोलेशन संचालन भएको दुई दिनपछि ३० गतेदेखि बिरामी, उनीहरुका कुरुवा, उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दैनिक क्लबले निशुल्क खाना खुवाउने अभियान सुरु गरेको हो । यो अभियान अहिले पनि निरन्तर चलिरहेको छ ।
अस्पताल आसपासमा रहेका होटल व्यवसायीले आँफूहरूमा कोभिड सङ्क्रमण सर्ने डरले खाना खुवाउन अस्वीकार गरेको देखेपछि सो समस्यालाई मध्यनजर गर्दै निशुल्क खाना खुवाउने अभियान सुरु गरिएको कंडेलले बताए ।
उनी भन्छन्, “पैसा तिरेर खान्छु भन्दा पनि खाना खाने ठाउँ छैन बिरामीलाई, यस्तो अवस्था देखेपछि क्लबका युवाले केही रकम उठाएर हामी आफैबाट खाना खुवाउने अभियान सुरुवात ग¥यौँ” ।
रामपुर अस्पताल र रामपुर नगरपालिकाले समन्वयमा बनाएको आइसोलेशनमा खानाको प्रबन्धबारे खासै कसैको पनि चासो थिएन । पैसा तिरेर खान्छु भन्दा पनि खाना खुवाउन होटलधनीले नै स्वीकार नगरेपछि बिरामीको पीडा त छदै थियो तर खाना खाने ठाउँ नै नपाएपछि बिरामीका आफन्त तड्पिरहेका थिए ।
टाढाका बिरामीलाई घरबाटै खाना पकाएर अस्पतालसम्म ल्याउन अप्ठ्यारो स्थिती थियो भने अर्कोतर्फ होटलहरूले पनि खाना खुवाउन नमानेको बिरामीका आफन्तले गुनासो पोखेपछि हामी आफैले खाना बनाएर अस्पतालमा पु¥याउने गरिदिएको रामपुर युवा क्लबका अध्यक्ष छमबहादुर दरै बताउँछन् ।
यस अभियानमा साथ दिदै अहिले देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति, संघ संस्थाबाट सहयोग रकम प्राप्त भइरहेको अध्यक्ष दरैले बताए । हालसम्म करिव तीन लाख बढी रकम सहयोग जुटेको छ ।
क्लबका युवाहरु मिलेर केही रकम आफैबाट सङ्कलन गरी अस्पतालमा उपचाररत कोभिडका बिरामी, उनीहरुका कुरुवा, उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई दैनिक बिहान साँझ खाना खुवाउने अभियान थालिएको सन्दिप गौतमले बताए।
सात जनाबाट खाना खुवाउन सुरु गरेको क्लबले एक दिनमा ३२ जनासम्मलाई खाना खुवाएको तथ्याङ्क छ । क्लबका सदस्य आफैले दैनिक बिहान साँझ पालैपालो आफै खाना बनाएर अस्पतालमा पु¥याउने कार्य गरिरहेका छन् ।
ट्राभल डेन्टिस्टरी नेपाल एवम् होराइजन डेण्टल क्लिनिक रामपुरले खाना बनाउने तथा विभिन्न सहयोगको व्यवस्थापन मिलाएको छ ।
कोरोना सङ्क्रमण तीव्र रुपमा पैmलिरहेका बेला अस्पताल क्षेत्रका होटेलधनी बिरामीलाई खाना खुवाउने कार्यबाट टाढिए । विरामीलाई झन् पोसिलो र झोलिलो खानुपर्ने अवस्थामा बन्दाबन्दीका समय घर, आफन्तीबाट ल्याउन सहज नभएका बेला यहाँका युवाहरुले थालनी गरेको यस उदाहरणीय कार्यको सबैले साथ दिएका छन् ।
गाउँ गाउँमा दोस्रो चरण अन्र्तगत कोरोना सङ्क्रमितको संख्या बढ्दै जान थालेपछि २०७८ वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेपछि सवारी साधन सञ्चालनमा रोक लगाइयो ।
अस्पतालमा भर्ना भएका बिरामीका आफन्तलाई खाना खुवाउन समस्या परेको देखेपछि सामाजिक उत्तरदायित्व बहन गर्दै रामपुर युवा क्लबले त्यहाँ उपचाररत बिरामीलाई निशुल्क खाना खुवाउन थालेपछि बिरामी र उनीहरुका आफन्तको पीडा पनि कम हुदै गयो ।
अस्पतालदेखि टाढाका बिरामीलाई दैनिक बिहान साँझ घरबाटै खाना ल्याएर खुवाउन सम्भव थिएन । यस्तो परिस्थितीमा युवाले सामाजिक भावनाका साथ थालनी गरेको यो कार्य नमुना रहेको र बिरामीलाई पनि कोरोनाको रोगसँगको लडाई लड्न ठूलो हौसला प्रदान गरेको समाजसेवी लेखनाथ शर्मा मरासिनी बताउँछन् ।
पूर्वखोला गाउँपालिका वडा नं १ सिलुवाका (दुबै आँखा नदेख्ने) गणेश विक कोभिडबाट निको भएपछि अहिले तङ्ग्रदै छन् । अठार दिनसम्म रामपुर अस्पतालको आइसोलेशन कक्षमा बसेका उहाँ दिन प्रतिदिन हृष्टपुष्ट हुदै गएका छन् ।
उनलाई अस्पतालका स्वास्थ्यकर्मीले गर्ने मित्रवत व्यवहार, उपचारमा बिशेष चासो, अस्पतालकै शैयामा स्वास्थ्यबद्र्धक खाना खान पाएपछि उहाँ दिन बित्दै जादै गर्दा रोग निको हुदै गएपछि अस्पताल पनि उनलाई आफ्नै गृहथलो जस्तै लागेको बताउछन् । क्लबका युवाको सक्रियतामा घरमै खाएको खानाको स्वाद दिने गरी स्वस्थकर खानाले रोग छिटो हुदै गएको विकले अनुभव सुनाए ।
“घरबाट अस्पतालसम्म एकतर्फी पैदल तीन घण्टा भन्दा बढीको समय हिड्नुपर्छ, सवारी साधन सबै कोरोनाले बन्द थिए, पैदल हिडेर घरबाट खाना ल्याएर बिरामीलाई खुवाउन परिवार आफन्तलाई निकै कष्ट थियो, यस्तो अवस्थामा युवाहरूले आफै स्रोत जुटाएर अस्पतालकै शैयामा घरकै खानाको आभास दिलाउने स्वस्थकर खाना खुवाए” उनले भने ।
अस्पतालले बिरामीलाई गरेको मित्रवत् व्यवहार र रामपुर युवा क्लबले खाना खुवाएर बिरामीलाई छिटो निको हुन हौसला बढाएको विकले बताए ।
उनी भन्छन, “मैले दुबै आँखा नदेखेपनि खानाको स्वाद स्वास्थ्यवद्र्धक छ, अस्पतालमा बस्दा उपचार तथा खानाको लागि आर्थिक समस्या पनि भएन, समय समयमा अस्पतालकै शैयामा खानाको व्यवस्था, स्वास्थ्यकर्मीको रेखदेख, औषधी उपचारले म छिट्टै नै कोरोना जित्न सफल भएँ” ।
बिरामीले खाना खाए नखाएको दैनिक हेरचाह र खाना खान युवाबाट प्रोत्साहन, बेला बेलामा स्वास्थ्य अवस्थाबारे जानकारी लिने कार्यले बिरामीलाई ठुलो हौसला मिलेको छ ।
गणपति माविमा प्रावि तहमा स्थायी अध्यापन गराउनुहुने विकले अस्पतालको शैयामा रहदा पारिवारिक रुपमा जस्तै औषधी उपचार, खानपान पाएपछि कोरोना संगको लडाई सजिलै जिते ।
त्यस्तै रामपुर नगरपालिका वडा नं ६ मैदानबारी बस्ने माधव पंगेनीलाई असार १० गते देखि २४ गतेसम्म रामपुर अस्पतालको आइसोलेशन कक्षमा रहदा पारिवारिक वातावरणमै बसेको अनुभूति भएको बताउछन् । परिवारका सदस्यले जस्तै उचित हेरचाह, खानपानले उनलाई कोरोना जित्न सजिलो प¥यो ।
“कोभिडको बिरामीलाई भनेपछि अस्पताल नजिकका होटल व्यवसायीले खाना खुवाउन अस्वीकार गरेका बखतमा युवाले अस्पतालका बिरामीलाई खाना खुवाउने जुन अभियान चलाए यो कार्य अत्यन्तै राम्रो र प्रशंसनिय छ” पंगेनीले भने ।
उनले अस्पतालमा पन्ध्र दिनसम्मको बसाईका क्रममा खानामा सधै एकरुपता आएको बताउछन् । युवाले गरेको यस उदाहरणीय कार्यमा पंगेनीले आँफू कोभिड निको भएपछि अभियानलाई निरन्तरता दिन रु एक हजार पाँच सय रकम युवा क्लबलाई हस्तान्तरण पनि गरे ।
सामाजिक भावना राखेर क्लबमा आबद्ध युवाले गरेको कार्यले अस्पतालमा उपचाररत बिरामी, उनीहरुका कुरुवालाई ठूलो राहत पुगेको रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दुर्गाप्रसाद भट्टराई बताउछन् ।
बुबाआमाको रेखदेखका लागि अस्पतालमा बसोबासका क्रममा आफुले समय समयमा घरमै बनाइएको आभास पाउने स्वस्थकर खानाले बिरामीमा फूर्तिलोपना र हृष्टपुष्ट हुदै गएको अनुभूति पाएको उनी बताउछन् ।
“अस्पतालमा बसेको अनुभूति जस्तो नि खासै भएन, घरमै बसेर आफैले बनाएको खाना खाएको अनुभूति भएको छ, कोरोनाको महामारीमा होटलधनीले खाना खुवाउन अस्वीकार गरेपछि घरबाटै दैनिक बिहान साँभm खाना बोकेर ल्याउने सहज स्थिती छैन, यस्तो अप्ठ्यारोमा रामपुर युवा क्लबले गरेको सहयोग अति नै राम्रो छ” भट्टराईले भने ।
क्लबले दैनिक बिहान साँझ अस्पतालमा उपचारत बिरामी, उनीहरुका कुरुवा, उपचारमा संलग्न चिकित्सक, सुरक्षाकर्मीलाई अस्पतालमै खाना पु¥याउने गरेपछि कोरोनाको लडाईसँग जुधेका बिरामीले स्वस्थकर खाना खान पाएका छन् भने बिरामीका आफन्तलाई निषेधाज्ञाका समय घर घरबाट खाना बोकेर पु¥याउने बाध्यता पनि हट्यो ।
दैनिक बिहान साँझ पाँचदेखि सात जनासम्म युवा मिलेर खाना बनाउने, अस्पतालमा लिएर जाने काम गरिरहेको ट्राभल डेन्टिस्टरी नेपालका अध्यक्ष एवम् होराइजन डेण्टल क्लिनिक रामपुरका संचालक डाक्टर शंकर श्रेष्ठले बताए ।
“हामी दैनिक फरक फरक तरकारी, फलफूल, मासु, दालको व्यवस्थापन मिलाएका छौँ, अस्पतालमा बिरामी थपघट सँगै खाना खानेहरुको थपघट हुन्छ, कसैले मासु खाने÷नखाने हुनुहुन्छ हरेक दिन बिहान साँझ आइसोलेशनमा डाक्टर सँग बुझेर मात्रै खानाको तयारी गरी अस्पताल पु¥याउने गरेका छौँ” डाक्टर श्रेष्ठले भने ।
रामपुरका युवाले गरेको यस सामाजिक कार्यले अहिले यस क्षेत्र सहित विदेशमा रहेका युवाले पनि सहयोगी हात अगाडी बढाइरहेका छन् । विभिन्न क्षेत्रबाट सहयोग रकम जुटेकाले पनि युवालाई यो काममा उत्साह थपेको छ ।
अस्पतालको कोभिड वार्डभित्र एक जनाको मृत्यु भएको छ भने ईमर्जेन्सीमा उपचारमा आउँदा चार जना बिरामीको मृत्यु भएको आइसोलेशनका फोकलपर्सन डाक्टर बासुदेव सुवेदीले जानकारी दिए । अस्पतालमा उपचाररत कोरोनाका बिरामीको अवस्था सामान्य रहेको र धेरै बिरामी निको भएर घर फर्किएको डा. सुवेदी बताउँछन्।
आइसोलेशन कक्षमा डा. सहित नर्स, सुरक्षागार्ड तथा सहयोगी गरी दैनिक ५÷६ जना रेखदेखमा अस्पतालले व्यवस्था मिलाएको छ भने विरामी र कुरुवा पनि रहने व्यवस्था छ ।
खानाको व्यवस्थापन गर्नका लागि अप्ठ्यारो परेको अवस्थामा क्लबले गरेको उदाहरणिय कार्य प्रति रामपुर अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले धन्यवाद दिए । क्लबले हालसम्म करिव दुई हजार पाँच सय भन्दा बढी बिरामी, उनीहरुका कुरुवा, उपचारमा संलग्न चिकित्सक, सुरक्षाकर्मीलाई खाना खुवाएको छ ।

SHARE