रामपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यशाला गोष्ठी

0
477

सुशीला रेग्मी
असार१२,२०७८पाल्पाः लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण सम्बन्धी कार्यशाला गोष्ठी पाल्पाको रामपुरमा भएको छ ।
रामपुर नगरपालिकाको आयोजना तथा प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालगन्ज बाँकेको सहयोगमा गोष्ठी भएको हो । नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका महिला कर्मचारी, महिला जनप्रतिनिधिको सहभागीता रहेको थियो ।
गोष्ठीको सहजिकरण जेसी अडिटर प्रेम बगाले र जेसी सहजकर्ता हिरामणी पराजुलीले गर्नुभएको हो । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरणमा स्थानीय सरकारको भुमिका, समावेशिकरण लगायतका सन्दर्भमा छलफल भएको छ ।
कार्यक्रमका अध्यक्ष तथा नगरपालिका उपप्रमुख आचार्यले पहिलेको तुलनामा रामपुरमा लैङ्गिक विभेद कम हुदै गएको र पछिल्लो समय न्यायिक समितिमा पुरुष हिंसाका घटनाका उजुरी आउने क्रम बढेको बताउदै नगरको वडा नं ७ र ८ वडाबाट बढी पुरुष हिंसाका घटना आउने गरेको बताइन् । उनले पितृसतात्मक सोचका कारणले महिला र पुरुष बिचको विभेद अझै पनि कायम रहेको बताइन् ।
राज्यले आरक्षण कोटा छुट्टयाएकाले महिलाले विभिन्न क्षेत्रमा सहभागी हुने अवसर पाएको गोष्ठीमा सहभागीले बताएका छन् । महिलाका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरपालिकाले सबै क्षेत्रका महिलाका लागि समावेश गराइएको महिला, बालबालिका तथा सामाजिक विकास शाखाका सहायक महिला निरीक्षक सिर्जना रेग्मीले जानकारी दिइन । महिला निरिक्षक पुजा परियारले संचालन गर्नुभएको कार्यक्रममा सहभागीलाई स्वागत कार्यपालिका सदस्य सिमादेवी रानाले गरेकी थिइन् ।
प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालगन्ज बाँकेले पाल्पाका दश स्थानीय तहमध्ये रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र रिब्दिकोट गाउँपालिकालाई छनौट गरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण सम्बन्धी कार्यशाला गोष्ठी गरेको छ ।

SHARE