सिद्धार्थ राजमार्ग ३ दिनदेखि बन्द

0
488
फाइल फोटो

असार३,२०७८पाल्पा : पाल्पास्थित सिद्धार्थ राजमार्ग ३ दिनदेखि बन्द छ। सवारीसाधन चल्न पाएका छैनन्। लगतार चार दिनसम्म परेको अविरल वर्षासँगै झरेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो।

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८ गौडेभीरमा तलबाट सडक नै पहिराले बगाएको छ। खोलाको बहाबले करिब १ सय मिटर राजमार्ग कटान गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए। बुधबार दिनभर प्रयास गरे पनि राजमार्ग सुचारु हुन सकेन। रातिसम्म पानी परेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए।

बिहीबार बिहानैदेखि राजमार्ग खुलाउने प्रयास भइरहेको छ। स्काभेटरको सहायताले पहिरो पन्छाउने र राजमार्गको ट्रयाक खोल्ने काम भइरहेका उनले बताए।

त्वातीका अनुसार राजमार्गको ट्रयाक नै खोल्नु पर्ने अवस्था छ। मथिबाट पहिरो खस्नेक्रम पनि रोकिएको छैन्। त्यसैले सडक कतिबेला सुचारु हुन्छ भन्ने अन्योल नै छ। आकाशबाट पानी पर्न रोकिएको छ। आज दिनभरीमा खुल्छ कि भन्ने आशा छ। राजमार्ग अवरुद्ध भएपछि बिरामी बोकेका एम्बुलेन्सहित मालवहाक सवारीसाधन बीचबाटोमा अलपत्र परेका छन्।

SHARE