गुल्मीमा सरोकारवालाको माग जिल्लामा लकडाउन गरौँ , प्रशासन भन्छ संक्रमितको संख्या दुई सय पुगेको छैन

0
221

बैशाख१७,२०७८ गुल्मी :पछिल्लो समयमा गुल्मीमा कोरोना संक्रमितको संख्या बृद्धिहुँदै गएको भन्दै यहाँका उद्योगी ,ब्यापारी , राजनीतिक दलहरुले तत्काल लकडाउन गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।
बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकमा सरोकारवालाहरुले तत्काल लकडाउन गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका हुन् ।
तर जिल्ला बिपद ब्यबस्थापन समितिकी संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले जिल्लामा संक्रमितको संख्या दुइ सय नपुगेकाले लकडाउन गर्ने आधार नभएको बताएकी छिन् ।
पहाडी जिल्लामा लकडाउन गर्नका लागी संक्रमितको संख्या दुई सय पुगेमा सम्बन्धीत जिल्लाको प्रमुख जिल्ला अधिकारीले लकडाउन गर्न सक्ने मन्त्रीपरिषदको निर्णय भएको भन्दै अहिलेनै लकडाउन गर्ने आधार नभएको उनले बताइन् । अहिले जिल्लामा संक्रिय संक्रमितको संख्या १४५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
जिल्लामा तत्काल लकडाउन नगरे भयाभह अबस्था आउन सक्ने भन्दै लकडाउन गर्नु बाहेकको बिकल्प नभएको नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताए । जिल्लामा कहिले संकमितको संख्या दुई सय पुग्छ र लकडाउन गरौला भनेर कुरेर बस्नु जिल्लाका लागी घातक हुने उनको भनाई छ ।
यस्तै नेकपा एमाले माधब समुहका नेता गणेश श्रीपालीले अबिलम्ब जिल्लामा लकडाउन गर्न आग्रह गरे ।
यस्तै गुल्मी उद्योग बाािणज्य संघका महासचिब ताराप्रसाद भुसालले जिल्लामा कोरोना परीक्षण नै नभएको बताए । जिल्लामा भएको कोरोना परीक्षण प्रयोगशाला बन्द गर्ने , कहिले दुई सय संक्रमित हुन्छन् र लकडाउन गरौला भन्नु लज्जाको बिषय भएको बताए । जिल्लामा रहेको परीक्षण प्रयोगशाला तत्काल सुचारु गर्नु पर्नेमा उनले जोड दिए ।
कबोल गरेको रकम नै दिदैनन् गुल्मीका स्थानीय तह
जिल्लाका १२ स्थानीय तहहरुको सहयोगमा रेसुंगा नगरपालिकाको संयोजनमा संचालनमा आएको परीक्षण प्रयोगशाला आर्थिक अभाबका कारण बन्द भएको छ ।
जिल्लाका दुई नगरपालिकाले १५,१५ लाख र अन्य १० गाउँपालिकाले ५,५ लाख रकम दिने कबोल गरेका थिए । तर कालीगण्डकी , सत्यवती ,चन्द्रकोट , गुल्मीदरबार र मुसिकोट नगरपालिकाले ५ लाख रुपैयाँका दरले कबोल गरेको रकम दिन बाँकी रहेको रेसुंगा नगरपालिकाले जनाएको छ ।
१० जना कर्मचारीले पाँच महिनाको तलब पाएनन्
कोरोना माहामारीको समयमा जोखिम मोलेर स्वाब परीक्षण गरेका १० जना कर्मचारीहरुले पाँच महिनाको तलबै नपाई रिक्तो हात घर फर्किएका छन् । प्रयोगशालामा कार्यरत टेक्नोलोजिष्ट दुई जना, टेक्निसियन तीन जना, असिस्टेण्ट दुई जना, कम्प्युटर अपरेटर एक जना, हेल्पर एक जना र एक जना कुकले पारिश्रमिक नपाएका हुन् । उनीहरु २०७७ असोज ८ गतेबाट पाँच महिनासम्म कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत थिए । परीक्षण प्रयोगशालाको नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असोज १ गते उद्घाटन गरेका थिए ।
स्थानीय तहहरुले कबोल गरेको रकम नदिएका कारण उनीहरुलाई पारिश्रमिक दिन नसकिएको रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिए ।

दीर्घकालिन रुपमा ल्याब संचालनका लागि उपाय खोजौँ : चन्द्रकोट गाउँपालिका

कोरोना परीक्षण प्रयोगशाला दीर्घकालिन रुपमा संचालनका लागि उपाय खोज्नुपर्नेमा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले आगह्र गरे । ल्याव संचालनका लागि सधै स्थानीय तहहरुले पैसा उठाएर संचालन गर्न नसकिने भन्दै अन्य उपायहरु पनि खोज्न उनले आग्रह गरेका हुन् ।
ल्याव संचालनका लागि जिल्लाका माननीयहरुको पनि पहल हुनु आवश्यक भएको उनले बताए । जिल्लाबाट निर्वाचित भएर गएका मन्त्री र माननीयहरुले पनि प्रदेश र केन्द्रबाट ल्याब संचालनका लागि रकम जुटाउन पहल गर्नुपर्नेमा उनले जोड दिए ।
कोरोना परीक्षण ल्याबमा चन्द्रकोट गाउँपालिकाका २ जनाको स्वाव परीक्षण भएको भन्दै ल्याब संचालनका लागि बजेट उपलब्ध गराउन कार्यपालिका र गाउँसभामा पनि आँफूलाई जवाफ दिन समस्या हुने गरेको उनले बताए ।
यता धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जिल्लाबाट निर्वाचित प्रदेशका तीन सांसद र केन्द्रका दुई माननीयले ल्याव संचालनका लागि केही वास्थानै नगरेको बताए ।

SHARE