एक शब्दमा भन्नु पर्दा कृतिम बुद्धिमत्ता भनेको मानब निर्मित मेशिनले देखाउने बुद्धिमत्ता हो । अर्को सरल भाषामा भन्नु पर्दा मनिसको बौद्धिक क्षमताको नक्कल गर्नु पनि कृतिम बुद्धिमता भनिन्छ अर्थात् भिबचलष्लन दथ मयष्लन ० । गूगलको अलेक्सा होस् या एप्पलको सिरी वा स्वचालित गाडी नै किन नहोस यसको विकास तिब्र रुपमा बढ्दो छ । हाम्रो हरेक दिनका कार्यहरुमा मेशिनको प्रयोग हुदै आएको छ जसले हाम्रो काम छिटो मात्रै नभएर सरल, शुुलभ अनि प्रभाबकारीता पनि भएको छ । हामी मानिस बुद्धिमानी र बिबेकसिल छौ , यसमा दुई मत नै छैन तर हामी माझ समस्या भनेको मापन योग्य शक्ति हो र यो केहि हदसम्म मात्र सिमित छ । त्यसकारणले हामी माझ कृतिम बुद्दिमताले मानबका कमिहरुको बीचमा पुल को काम गरेको छ । हाम्रा दिनहु काममा मद्धत गरेता पनि कृतिम बुद्धिमत्ताले प्राकृतिक रुपमा खास्सै बिशेष योगदान भने दिन सकेको छैन। बिभिन्न चलचित्रहरुमा देखिएका दृश्य जहाँ मान्छे जस्तै रोबोटले पुरै काम गरिरहेको हुन्छ बास्तबमा त्यो कुरा तेती सजिलो भने छैन । धेरै वर्ष आघि देखि नै कृतिम बुद्धिमताको खोज अनुसन्धान हुने गरेको पाहिन्छ । सन् १९५५ मा अमेरिकी बैज्ञानिक जोन एम सी कारथिद्वारा आयोजित सम्मेलनमा कृतिम बुद्धिमताको बारेमा छलफल भयो र त्यस बेलादेखि बल्ल यो बिषयमा अध्यन र अनुसन्धान हुन थाले । उक्त समयपछि मेशीन लर्निङ्ग , डिप लर्निङ्ग याबात बिषयमा खुलेर खोज हुन थाल्यो । आहिलेको युगमा हामी मानिसले र कम्प्युटरले उद्पदन गरेका तथ्याड़क हामी स्वयम मानिसहरुलाई अबलोकन र निर्णय गर्न एकदम गारो परिरहेको हुन्छ । हो एस्तो अवस्था मा काम आउने भनेकै कृतिम बुद्धिमता हो । मेशिन अथवा कम्पुटर प्रोग्राम जति मानिसको नक्कल गर्न खोज्छ त्यति नै धेरै डाटाको सम्प्रेषण जरुरी हुन्छ ।
हामी मेसिनमा किन यति धेरै भर परिरहेको छौ र यो प्रश्नको उत्तर नै प्रभाबकारी र शुद्धता हो । अर्थात् हामीले जति छिटो कुनै कार्य गर्न सक्छौ र कुनै कार्यको जटिलता हेर्ने हो भने उक्त काम हामी भन्दा मेसिनले छिटो गर्दछ यसको प्रयोग बढ्नु को मुख्य कारण येहि नै हो । पहिले हामी मेशिनलाई गणितका समस्याहरु समाधान गर्नमा प्रयोग गरिनथ्यो र प्रभाबकारी र शुद्धता धेरै देखियो । उक्त काम हामी रोबोट र हाम्रा दिनहु प्रयोग हुने सामग्रीमा प्रयोग गरियो भने हाम्रो काम आधि मात्राले घट्ने र काम को प्रभाबकारी पनि बडाउन सकिने भयो । हामीलाई थाहा भएकै कुरा हो मानब भन्दा बुद्दिमानी र चेतनसिल प्राणी यो जगतमा छैन र मानबद्वारा नै मेसिन चल्ने हो मतलब कि मानबले नै मेसिनलाई निर्देशन दिने हो । हाम्रो दिमाग जसरि काम गर्दछ तेस्तै सोच , विचार अनि सहि काम गर्न सक्ने प्रोग्राम बनाउनु र उक्त प्रोग्रामलाई मेसिनमा कार्यनोयन गरि मानब दिमागको जस्तै बुद्धिमताको काम गर्ने बनाउनु यसको मुख्य लक्ष्य हो । सबै उद्योग र सबै मानब को भबिष्य कृतिम बुद्धिमताले अद्रिस्य असर पारेको छ । आउदो भबिस्यमा देखा पर्ने प्राविधिक विकासमा यसले मुख्य भूमिका निर्वाह गरेको छ । आफ्नो बुद्धि र कुसलताले गर्दा मानिस कठिन अवस्था देखि सजिलो जिबन यापन तिर लागेको छ यसको मुख्य कारण पनि मेसिन र उपकरणहरु मा भएको विकास नै हो । मानब दिमागको यति धेरै विकास भयो कि अब त मानब पनि आफु जस्तै काम गर्ने र सोच्ने छेमता भएको यन्त्र र रोबोटको खोजि आनुसन्धानमा लागि पर्यो । यस्ता यन्त्रहरुले मानिसले जस्तै काम गर्ने सोच्ने बोल्ने र सही तर्क बितर्कहरु गर्न सक्ने क्षेमता राख्दछ । सन् १९८० को दसक देखि कृतिम बुद्धिमतामा बिशेष अध्यान हुने गरेको छ जसले दिमाग सरिर र बाताबरणको अन्तरक्रिया र यसको बिस्तृत जानकारीको खोज गरि बास्तबमा बुद्धिमता के हो भन्ने बिषयको खोजमा जुटेको छ ।
अहिले हामी हाम्रो जीवन आफ्नो मोबाइल फोन , इन्टरनेट , कम्प्युटर बिना कल्पना पनि गर्न सक्दैनौ । दिन बित्दै जादा हामीलाई यसले दिएको उपहारले दिन प्रति दिनको निर्भरता बढाई रहेको छ । हामीलाई जस्तो मेसिनलाई आरामको जरुरि पर्दैन तेसैले त मेसिन लै २४ सै घण्टा कजाउन सकिन्छ । हरेक प्रविधिको आफ्नै फाइदा र बेफाइदा हुन्छन तर फाइदाले नै उक्त प्रबिधिको बजार निर्धारण गर्छ । दिनहु बढ्दो कृतिम बुद्धिमता र स्वोचालित रोबटहरुले मानब श्रमलाई हटाउदै गएको छ । प्राय बेरोजगारी, बढ्दो राजश्व र सुरक्ष्या आदिको लागि सरकार बिरुद्द आन्दोलनमा उत्रिएको देखिन्छ बास्तबमा बुज्दा यही प्रबिधिको विकासले नै बेरोजगारी निम्ती रहेको छ । कृतिम बुद्धिमताद्वारा हामीले भोगेका मुख्य समस्याको रुपमा रहेको मौसम परिबर्तन , भूमण्डलीय उष्मीकरण , रोगको निदान , औषदिको खोज अनुसन्धान , सुष्म अर्थशास्त्र आदिको असर कम गर्नको लागि प्रयोग गरिने यस बिषयको अध्यानमा लागेको कम्पनी अल्फाबेटले जनाएको छ । यध्पी कृतिम बुद्धिमता आउदो पुस्ताको लागि बाच्ने , काम गर्ने र आन्तार्क्रिरया गर्ने बलियो बिद्रोहको सादन बन्नेछ जसमा मेशिन लीर्निंगको सिप प्रयोग हुनेछ तर यो सब कुराले आउदो पुस्तामा देखिने र देखा पर्न सक्ने समस्या जस्तै गरिबी , महामारी जस्तै आहिले बिश्वले सामना गरेको कोभिड–१९ जस्ता जटिल समस्याको समाधान कसरि हुन्छ भन्ने बारे यसै आकलन गर्न भने सकिदैन । नयाँ प्रविधिहरुको प्रकट हुदै जादा र विभिन्न कल कारखानाहरु पनि स्व–चालित बिधिको प्रयोग बढे संग संगै कतिको भनाई चाहि यसले रोजगारीलाई गम्बिर रुपले असर पार्दछ र कसैको यो भन्नु छ कि यसले नबिन कामहरु लेउन मद्धत गर्नेछ जस कारणले नया रोजगारीहरुको सिर्जना हुने छ।
मानब सभ्यताले आविस्कार गर्न बाकी भनेकै मेसिनको बुद्धिमता नै हो । यस्ता खोज आनुसन्धानका काम जारी हुदा पनि हामी मेसिनले देखाउने बुद्धिमताको बिषय र यस बिषयमा पाएको सफलतामा चाहि पछि नै छौ । विभिन्न कृतिम बुद्दिमताको बिषयमा सुस्म अध्यानमा जुटेका ठुलाठुला कम्पनि हरुको भनाई भने बेग्लै छ यसबाट मानब सभ्यतालाई असर भन्दा पनि बढी सहयोग गर्ने छ मानब सभ्यतालाई जोगाइ राख्ने छ र आउदा दिनहरुमा पर्ने बिनासकारी एबम महामारी बाट पनि बचाउने प्रयत्न गर्ने छ । जसरि डाइनासौरको कालखण्ड यस पृथ्बी बाट मेटियो आउदा दिन हरुमा पनि हाम्रो सभ्यता नमेटियेला भन्न सकिन्न यस्ता ब्रामन्ड़का प्रकोपहरु बाट पनि आउदो भबिस्यमा कृतिम बुद्दिमताले बच्न सहयोग पुराउने छ ।
कृतिम बुद्धिमताको कुरामा यो सहि छ या गलत , राम्रो छ या नराम्रो , ठिक छ या बेठिक यसै आकलन गर्न सक्ने अवस्था भने छैन यसको खोज र यसको गहिराही अझै कसैको अन्दाज भन्दा बाहिरको कुरा हो , यसको विकास निर्माणको बढ्दो दरले मानब भन्दा बिशाल सोच र छेमता भएको कृतिम मेसिनको विकास आउदो दिनमा नहोला भन्न सकिदैन , र हामी मानिस यसको विकास र उन्नतिमा नै धेरै उत्शुक देखिन्छौ । एक फेर सोच्न पर्ने कुरा हाम्रो प्रब्रिधिमा भएको उन्नतिको एउटा उदाहरण हो स्वोचालित गाडी जसको जाच पनि भैसकेको र प्रयोग मा पनि आइसकेको छ बिना चालकको गाडी बिना पाइलटको हवाई जाहज र धेरै स्वचालित सोच्दा अचम्म लाग्न सक्छ तर यस्ता काम को तयारी र परिक्षण भैसकेका छन्। आफ्नो आफ्नो धाराणा ,आफ्नो आफ्नो बिचार र मानिस मानिस बीचको सोचाई मै अल्झेको छ कृतिम बुद्धिमता , यसको फाइदा “हाम्रो सभ्यताले ठुलो नै विकास गर्ने छ” र गलत प्रयोग भयो भने मानिसलाई ढुंगे युगमा पनि नपुरउला भन्न सकिदैन ।
लेख तथा श्रीजना
दिपेन्द्र मरासिनी
आइसीटी ट्रेनर र सहजकर्ता
पोखरा विश्वबिद्यालय