नेपालमा टेक्नोलोजी को बिकासक्रम जारी छ, मनिसको जिवनलाई प्रविधिको बिकासले दिएको सह्योग एक रुप ले क्रान्तीनै भन्दा फरक नपर्ला नेपाल दुरसँचारले गरेको सर्वेक्षणमा ६१ प्रतिशत नेपाली जनतासँग इन्टरनेटको पहुँच छ ।
एकअर्का सँग कुरा गर्न होस या बिद्युत र खानेपानीको महशुल तिर्न देखि सम्पूर्ण डिजिटल कार्यहरु को लागि प्रयोग हँदै आएको छ । मोबाईल फोन ल्यापटप र अन्य संचारका माध्यम हरुको प्रयोग पनि बढ्दो छ । यस्ता माध्यमहरुको प्रयोग ले निम्त्याएका साइबर क्राइम हामी माँझ बाट ओझेल हुन भने सकेका छैनन , यसको दुरुपरुयोगका घटना पनि बढिरहेका छन् ।
देशको प्रमुख बिषयको रुपमा रहेको साइबर क्राइमको बारेमा र यस ले निम्त्याएका समस्याहरुको बारेमा केहि चर्चा गरिएको गरिएको छ ।
बिगतका केहि घटना हेर्ने हो भने नेपाल साइबर क्राइमको चपेटा मा परेको छैन भन्न सकिदैन ्नेपालमाप्रयोग हुने सम्पूर्ण ठुला ठुला वेबसाईट जस्तै फेस्बुक, टुइटर, इन्स्टाग्राम, व्हाटशप सबै बिदेशी प्लेट्फर्म हुन र यी सबै माध्यम को प्रयोग नेपालमा बड्दो क्रममा छ ।
देश बिदेशबाट हुने डाटा चोरी र ह्याकिङ भने रोकिएको छैन बिभिन्न यस्ता समाचार को सिकार हुँदै आएको नेपालको साइबर सुरक्षा निकै कमजोर देखिन्छ दुरसंचार,बैक,मोबाईल फोन , ल्यापटप दिनहु सिकार हुँदै आएका छन यस्ता घट्ना धेरै जसो लुकेकै छन ।
नेपालको खन्डन गर्नु पर्दा नेपाल को सुरक्षामै औंला उठाउँने काम भैरहेका छन जुन एकदम दुखलाग्दा र डर लाग्दा छन ।
बिभिन्न सरोकार राख्ने तत्वहरु को कमी कमजोरीले नेपालीहरुको डाटा बिश्वसामु बेचिरहेको छन । यस्ता घटनाहरु प्रति देशको प्रमुख सरोकार राख्नेको ध्यान कहिले आकर्षण होला भनेर ठम्माइ हाल्न सकिदैन नेपाल बिश्वको साइबर अत्त्यको सुची मा चौथो स्थानमा पर्दछ २०१८. २०१९ को डाटालाई आकलन गर्ने हो भने नेपाल मा १८० वटा साइबर केस हरु दर्ता भएका छन । जस मध्य काठमाडौँमा मात्रै १२५ र ५५ वटा बाहिरी जिल्लामा यस बिषयमा सरोकार राख्नेहरुको कुरा सुन्ने हो भने।कानुन कै समस्या देखिन्छ ।
पछिल्लो समयमा आएका यस्ता घटनाहरुको राम्रोसँग सम्बोधन हुन भने सकेको छैन । सर्बाधीक रुपमा प्रयोग हुँदै आएको एक नामुद यन्टी भाइरस कम्पनी को दाबी छ कि नेपाल्कै नौ ठुला ठुला बैंकहरुको सिस्टम नै सुरक्षित नभएको बताउछ ।
ह्याकर समूहले गत वर्ष नेपालका सानिमा बैंक र युनिभर्सल डेभलभमेन्ट बैंकमा रहेका निकै संवेदनशिल डाटा कब्जामा लिई अनलाइनमा पोस्ट समेत गरेको थियो ।
त्यसैगरी, नेपालकै एक प्रतिष्ठित एयरलाइन्स कम्पनीको पुरै इमेल सर्भर ह्याक भएर नचाहिने इमेलहरु अन्यलाई पठाइरहेको तथ्य आयो । यसरी इमेल सर्भरमै ह्याक हुन सक्छ भने भोलिका दिनमा एयरलाइन्स कम्पनीको ककपिटमा आक्रमण भयो भने कुन अवस्था आउला ? नेपालमा त्यो स्तरको सुरक्षा कसैले पनि सोचेको पाइँदैन ।
हाल साइबर अपराध भन्ने बित्तिकै अधिकांश घटना फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट आउँछन् भन्ने बुझिन्छ । र त्यस्ता घटनालाई सामान्य रुपमा लिंदा झनै समस्या निम्तिरहेको छ ।
अहिले सामाजिक सञ्जालमा गाली, मानहानी वा चरित्र हत्याका पोस्ट मात्रै हुने गरेका छैनन् । यही माध्यमलाई अपनाएर ठूला करपोरेटमा आक्रमण समेत हुन थालेका छन् । फेसबुकमा नचाहिने स्पाम छोडेर लक्षित कर्पोरेट सेक्टरलाई पठाउने क्रम ब्यापक बढेको छ । साथै साइबर अपराधी वा लुटेराहरुले लक्षित वर्ग छान्दै अनलाइनमा सेक्स विज्ञापन, पोर्नोग्राफी वा अन्य सेक्स ब्यापार गर्ने र अनलाइन मनी ट्रान्सफरबाट रकम कारोबार गर्ने गरिरहेका छन् ।
साइबर कराइम भन्नले के बुझिन्छ ?
विद्युतीय उपकरणहरु कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका अपराधिक कार्यलाई साइबर अपराध मानिन्छ ।
इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इण्टरनेट फ्रड, अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याइउने क्षति लगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानूनले साइबर अपराध मानेको छ ।
साइबर क्राइमलाई सम्बोधन गर्न अन्तराष्ट्रिय एवं क्षेत्रीयगत रुपमा विभिन्न कानून बनेका छन् । संयुक्त राष्टसंघ, अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन, युरोपियन युनियन लगायतले आफ्ना सदस्य राष्ट्रका लागि साइबर अपराध विरुद्ध ऐन र नियम ल्याइरहेका छन् ।
नेपालमा घट्ने साइबर क्राइम के के हुन त ?
चरित्र हत्या : टेक्नोलोजी को गलत पर्योग गर्दै कसैको प्रोफा इल वा उस्को फोटो प्रयोग गरी बिभिन्न किसिमका फेक इन्फरमेसन प्रवाहा गर्नु नै चरित्र हत्या हो ।
नेपालका सेलिब्रेटी यस्को मुख्य सिकर बनेका छन्र आफ्नो नाम र दाम कमाउने बाटो बनाएकाहरुको लागि यो स्वतन्त्रता कहिले सम्म ?
परिचय चोरि : बिभिन्न बैंक अकाउन्ट को पास्वर्ड सामजिक सन्जाल का पासवर्ड कुनै ब्यक्ति को अनुमती बिना गरिने हर्कत लाई परिचय चोरि भनिन्छ ।
यस्ले गर्दा आफ्नो डाटा चोरि भएको थाहा पाए पछी धेरै जसोले आफ्नो ज्यान समेत त्याग गरेका छन् ।
मेलको गलत प्रयोग : ईमेल मार्फत हुने मार्केटीङ एक तरिका ले राम्रो मनिन्छ तर यस्को सही रुपमा प्रयोग हुन भने सकेको छैन ।
हयाक्किङ : सूचना प्रर्णलीमा अनाधिकृत पहुँच राखी संबेदन डाटाको चोरि गर्नु नै हक्किङ हो ।
फिशिङ : यो एक तरिका ले हक्किङ जस्तै नै हो तर यसमा खास ब्यक्तिहरुलाई नै तोकेर उनिहरुको इनफरमेसन प्रयोग गरी ब्ल्याक मेल गर्ने कामलाई फिसिङ भनिन्छ ।
यस्ता समस्याहरुबाट कसरी बच्ने त ?
१) आफ्नो अकाउन्ट को पस्स्वर्ड सजिलो नराख्ने ।
२) आफुले प्रयोग गर्ने वाइफार्इ वा ईन्टरनेट सँगजोडिन प्रयोग हुने
नेटवर्क कति सुरक्षित छ भन्ने बारे थाहा पाउन जरुरी हुन्छ ।
३)आफुले प्रयोगगर्ने सफ्टवयर नियमित अपडेट गर्ने ।
४) सोसल मिडिया को सेटिङ्स्सलाई मिलाउने ।
५) आफ्नो होम नेटवर्क सुरक्षामा ध्यान दिने ।
६) आफ्ना बालबालिका लाई ईन्टरनेट को बारेमा बताउने ।
७ं) संबेदनशिल डाटाहरुलाई आफु माझ मात्रै राख्ने ।
८) आफ्ना बालबालिकालाई समय समयमा जाच्ने ।
९) यदी यस्ता समस्या आइ परेमा छिटो के गर्न सकिन्छ भन्ने बारे सचेत हुने्र ।
तपाईं यस्ता समस्याबाट सिकार हुनु भएको छ भने सम्बन्धित निकाय वा [email protected] मा मेल गर्ने |
Written by: Dipendra Marasini
Undergraduate Computer Engineer
ICT Trainer
Pokhara Universiity