रामपुरमा चौथो युथ युनियन कप सुरु

0
543

सुशीला रेग्मी
माघ २६,०७७ पाल्पाःपाल्पाको रामपुरमा चौथो युथ युनियन कप २०७७ को उद्घाटन गरिएको छ । मटेरी युथ युनियन क्लब रामपुर पाल्पाको आयोजनामा चौथो युनियन कपको सोमवार देखि सुरु भएको छ ।
क्लबका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य रहेकी थिइन् । उपप्रमुख आचार्यले खेल राष्ट्रको गहनाका रुपमा रहेकाले खेलाडीले अनुशासित भएर खेल खेल्नुपर्ने र यहाँबाट उत्पादन भएका खेलाडी राष्ट्रिय स्तरमा नै नमुना खेलाडीका रुपमा चिनिन अनुरोध गरिन । पुरुषका लागि मात्र नभई अबका दिनमा महिलाहरुका लागि पनि आयोजना गर्न आग्रह गरिन् ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ का अध्यक्ष हिमाल मल्ल, एन्फा रुपन्देहीका अध्यक्ष दुर्गाबहादुर केसी, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रसाद ढकाल, रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतम लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।
क्लबका संस्थापक अध्यक्ष अमिर रानाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव दिपेन्द्रप्रसाद भट्टराईले गरेका थिए । सोमवार पहिलो दिन ईलाभेन ए साइड खुल्ला पुरुष फुटवल प्रतियोगिता अन्र्तगत युथ युनियन मटेरी र बाङ्गेपसल युवा क्लब बीच खेल भएको छ । रामपुर नगरपालिका वडा नं ४ र ५ का ३३ जना ज्येष्ठ नागरिकलाई हर्लिक्स र महले सम्मान गरिएको छ । जसमध्ये २२ जना ज्येष्ठ नागरिक ११ जना फरक क्षमता भएका नागरिकलाई सम्मान गरिएको अपाङ्गता नगर समन्वय समिति अध्यक्ष युवराज रेग्मीले जानकारी दिए ।
मघ २६ गते देखि फागुन १ गते सम्म हुने कप अन्र्तगत ईलाभेन ए साइड खुल्ला पुरुष फुटवल प्रतियोगिता, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई सम्मान, पूर्व खेलाडी सम्मान, रामपुर नगर माविस्तरिय हाजिरीजवाफ प्रतियोगिता हुनेछ ।
भोली माघ २७ गते कालीगण्डकी युवा क्लब र चापाकोट युनाइटेड ह्वाइट, कालिका युवा क्लब देविस्थान र युथ क्लब भिमाद बीच फुटवल खेल हुने खेल संयोजक साजन चन्दले जानकारी दिए । माघ २८ गते सिज नेपाल सदावर्त र सराई फुलवल क्लब माडी बिच पहिलो चरणका खेल हुनेछ ।
फुटवल खेलमा प्रथम पुरस्कार नगद एक लाख साथमा ट्रफी, मेडल र प्रमाण पत्र, दित्तिय पुरस्कार नगद ५० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ । रामपुर नगर माविस्तरिय हाजिरीजवाफ प्रतियोगितामा प्रथम पुरस्कार दश हजार, द्धित्तिय पुरस्कार पाँच हजार साथमा प्रमाण पत्र रहेको आयोजकले जनाएको छ ।

SHARE