शिक्षकमा कोरोना देखिएपछि पठनपाठन ठप्प

0
390

पुस १,२०७७ पाल्पा : जिल्लाको रैनादेवी छहरा गााउँपालिका –५ मुझुङस्थित कालिका माध्यमिक विद्यालयमा अहिले पठनपाठन बन्द छ ।

दुई शिक्षकमा कोरोना भाइरसको संक्रमण देखिएपछि केही दिनका लागि पठनपाठन बन्द गरिएको प्रध्यानाध्यापक जनार्दन पाण्डेले जानकारी दिए। आउँदो आईतबारदेखि विद्यालयमा पुनः पठनपाठन शुरु हुने प्रध्यानाध्यापक पाण्डेले जानकारी दिए ।

कोरोना महामारीका कारण लामो समयपछि खुलेका जिल्लाका विद्यालयमा फेरि पठनपाठन प्रभावित हुन थालेको छ । समुदाय तथा शिक्षकमा नै कोरोना संक्रमण देखिन थालेपछि विद्यालयहरु फेरि बन्द हुन थालेका हुन् ।

SHARE