२९,२०७७ पाल्पा : पाल्पाका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तानसेन नगरपालिका –१३ की ६६ वर्षीय कोरोना संक्रमित महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि मंसिर २६ गते शुक्रबार मेडिकल कलेज भर्ना भएकी महिलामा २७ गते शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएको भोलिपल्टै आईतबार (हिजो)दिउँसो २ः४० बजे महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या २९ पुगेको छ ।