
मंसिर २७,२०७७ पाल्पा : पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिका –६ का ८६ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा शुक्रबार राति ९ः३० बजे मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका पुरुषमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पाल्पामा हालसम्म २८ जना संक्रमितको मृत्यु भएको छ ।








