रामपुरमा एक जना पुरूषको छतबाट खसेर मृत्यु

0
704

मंसिर १९,२०७७ पाल्पा :पाल्पाको रामपुरमा एक जना पुरुषको छतबाट खसेर मृत्यु भएको छ । रामपुर नगरपालिका–६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार पिसाब फेर्न निस्कने क्रममा कच्चीघरको एक तले छतबाट भुईमा खसेर गम्भीर घाइते भएका हमाललाई उपचारका लागि रामपुर अस्पताल ल्याएपछि अस्पतालले मृत घोषणा गरेको हो ।

SHARE