अवकाश प्राप्त प्रध्यापकलाई पुन हाजिर गराउने निर्णयललाई कार्यन्वयन नगर्न अनेरास्ववियु को माग

0
736

मधुसुधन पाण्डे,
मङ्सिर १८ गुल्मी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीले क्याम्पसका वेथिति तथा मनोमानी बिरुद्ध ज्ञापनपत्र बुझाएको छ।अनेरास्ववियु क्याम्पस कमिटीका संयोजक बिमल छन्तेलले नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख हरिबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएको छ
अनेरास्ववियुले बुझाएको ज्ञापनपत्र जस्ताको तस्तै
हाम्रो संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९अनेरास्ववियू० शिक्षा क्षेत्रमा विद्यमान विकृति, विसङ्गती तथा अनियमितताको विरुद्धमा निरन्तर सङ्घर्षरत छ । राष्ट्रियता, जनजिविका तथा सुशासन प्राप्ति हाम्रो अभिष्ट हो । हामी जुनसुकै प्रकारको स्वेच्छाचारिता, विधिको उल्लघंन तथा अन्यायको विरुद्धमा छौँ ।
यसै सन्दर्भमा रेसुङ्गा नगरपालिका – १ तम्घास गुल्मीमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा पछिल्ला दिनहरुमा विधिको उल्लघंन गरि स्वेच्छाचारी ढङ्गले एक बर्ष अगावै अवकाश प्राप्त पूर्व प्राध्यापक कुञ्जरमणी गौतमलाई संचालक समितिको अवैधानिक निर्णयबाट पुनःहाजिर गराउने कार्यले हाम्रो संगठन अनेरास्ववियूको गम्भिर ध्यानाकर्षण भएको छ । क्याम्पसबाट अध्ययन बिदामा गएका तर विदा अवधि सकिएको लामो समयसम्म हाजिर हुन नआएका प्राध्यापकलाई क्याम्पसमा हाजिरी गराउने उक्त कार्य गैरकानुनी मात्र होइन्, क्याम्पसमा अध्ययनरत आम विद्यार्थीको शैक्षिक भविष्यमाथि गरिएको खेलवाड हो भने क्याम्पसको सिँङ्गो शैक्षिक भविष्यलाई अध्याँरोमा धकेल्ने तथा आम समुदायमा क्याम्पसको विश्वास गिराउने घृणित राजनीतिक षड्यन्त्र हो ।


कोरोना महामारीका कारण क्याम्पसमा नियमित पठन–पाठन नभएको अवस्थामा विद्यार्थीहरुलाई अन्याय हुनेरी विभिन्न शुल्कहरु लिइरहनु अव्यवहरिक एवम् अन्यायपूर्ण छ । सो अवधिमा लिइएको सम्पूर्ण शुल्क फिर्ता गर्न र आइन्दा यस्ता गतिविधिहरु नगर्न जोडदार माग गर्दछौ । गरिब, जेहेनदार तथा विपन्न वर्गका विद्यार्थीहरुलाई विगतका बर्षहरुमा वितरण गरिदैँ आएको छात्रवृत्ति यो बर्ष वितरण नगरिनुले यस क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरुप्रति गम्भिर उपेक्षा गरिएको महसुस भएको छ ।
क्याम्पसले त्तब्ब् प्राप्त अनुदान रकम विश्वविद्यालय अनुदान आयोगले तोकेबमोजिमका विभिन्न शिर्षकहरुमा खर्च नगरि मनोमानी ढङ्गले तलब लगायतका शिर्षकमा खर्च भएको र सो अनुदानको कम्तिमा २० प्रतिशत रकम विद्यार्थी कल्याणका लागि खर्च गरिनुपर्नेमा सो नगरि मनोमानीपूर्वक खर्च भएकोमा विद्यार्थीहरुमाथि चरम शोषण भएको छ ।
क्याम्पसमा रहेको भद्धा मानविय संशाधन, अव्यवस्थित खर्च प्रणाली र आर्थिक मितव्ययिताको अभावले गर्दा क्याम्पस निकै ठुलो आर्थिक संकटमा फस्दै गइरहेको सन्दर्भमा क्याम्पसको आर्थिक भार विद्यार्थीमा मात्रै थोपरिनु र अन्य स्रोतहरु खोजि र सिर्जना गर्न नसक्नु संचालक समिति र क्याम्पस प्रशासनको असक्षमता हो । क्याम्पसको आर्थिक स्रोत विद्यार्थी मात्र बनाउने कार्यप्रति हाम्रो संगठन गम्भिर असहमति राख्दछ ।
प्राविधिक विषय संचालन गर्ने नाममा माहायज्ञद्धारा संकलन गरिएको रकम तत्कालिन आशय विपरित स्वेच्छाचारी ढङ्गले खर्च गरिनु र कुनै पनि प्राविधिक धारको कक्षा संचालन गर्न नसक्नु संचालक समिति र क्याम्पस प्रशासनको गुल्मेली नागरिकहरुप्रति गम्भिर धोका हो भन्ने हाम्रो ठहर छ ।
निम्नअनुसारका मागहरु तत्काल पुरा गर्न जोडदार माग गर्दछौ । अन्यथा विद्यार्थी र क्याम्पस हितको पक्षमा संगठनले संचालन गर्ने सङ्घर्षबाट उत्पन्न हुने परिणामको जिम्मेवारी बहन गर्न क्याम्पस प्रशासन र संचालक समितिलाई तयार रहन चेतावनी दिन चाहान्छौँ ।
हाम्रा मागहरु ः
१। क्याम्पस संचालन नियमावली विपरित अवकाश प्राप्त कुञ्जरमणी गौतमलाई हाजिर गराउने निर्णय तत्काल खारेज गरियोस् ।
२। कोरोना महामारीका कारण भएको लकडाउनको अवधिमा क्याम्पसमा पठन–पाठन नभएकोले विद्यार्थीहरुबाट सो अवधिको कुनै पनि शुल्क नलिइयोस् ।
३। क्याम्पसमा भएका सम्पूर्ण आर्थिक क्रियाकलाप ९पाठ्यपुस्तक खरिद, शैक्षिक सामग्री खरिद, खेलकुद सामग्री, विज्ञान ल्याब सामग्री खरिद, निर्माण० हरुको विधिसम्वंत सार्वजनिक गरियोस् ।
४। त्तब्ब् बाट प्राप्त रकम तत्काल सम्बन्धित शिर्षकअनुसार खर्च भएको विवरण सार्वजनिक गरियोस् ।
५। विद्यार्थीले पाउदैँ आएको छात्रवृत्ति तत्काल वितरण गरियोस् ।
६।महायज्ञमा संकलन भएको रकम रु। तीन करोड प्राविधिक कक्षा संचालन गर्नेगरी एकमुष्ट खातामा तत्काल जम्मा गरियोस् ।
७। कार्यसम्पादन मूल्याकंनको आधारमा क्याम्पस प्रमुखको नियुक्ती तत्काल गरियोस ।
८। क्याम्पसलाई राजनीतिक कार्यकर्ता भर्तिकेन्द्र नबनाइयोस् ।

SHARE