
मंसिर ३,२०७७ पाल्पा : बगनासकाली गाउँपालिका –६ की ५१ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
बगनासकाली गाउँपालिका –६ की ५१ वर्षीय महिलाको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत कात्तिक ३० गते अस्पताल भर्ना हुनुभएकी महिलाको बुधबार बिहान ३ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १८ पुगेको








