रामपुरमा कक्षा ११ को वार्षिक परीक्षा सुरु

0
466
सांकेतिक तस्विर

सुशीला रेग्मी

रामपुर (पाल्पा), २२ कात्तिक : पाल्पाको रामपुर नगरपालिका भित्र शनिवारबाट कक्षा ११ को नियमित, आंशिक र गे्रडबृद्धितर्फको वार्षिक परीक्षा सुरु भएको छ ।

कोरोना सङ्क्रमणको कारणले रोकिएको परीक्षा आजबाट स्वास्थ्य सरक्षा मापदण्ड अपनाएर परीक्षा संचालन गरिएको छ । रामपुर नगरपालिका भित्र कक्षा ११ संचालित विद्यालय तथा क्याम्पसहरु रामतुलसी मावि, जनविकास मावि, रामपुर ईङ्गलिस बोर्डिङ्ग स्कुल, भुपु सैनिक ईङ्गलिस बोर्डिङ्ग, शहीद बहुमुखी क्याम्पस, आधारभुत मावि, दरैठाँटी मावि, गंगा मावि, भानुभक्त मावि गेझा, भानुभक्त मावि जब्गादी, जनकल्याण मावि, आनन्द निकेतन बिद्याश्रम केन्द्रमा परिक्षा संचालन गरिएको छ । शनिवार पहिलो दिन अनिवार्य नेपाली र बायोलोजी विषयको परिक्षा सम्पन्न भएको छ ।
विद्यार्थीले जुन विद्यालय तथा क्याम्पसमा अध्ययन गरेका छन् सोही ठाउँको केन्द्रमा परीक्षा संचालन गरिएको छ । नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, शिक्षा शाखा प्रमुख बिकल काफ्ले, शिक्षा समिति सदस्य, पत्रकार लगायतको टोलीले परीक्षाको अनुगमन गरेको छ । स्वास्थ्य सरक्षा मापदण्ड अपनाएर शान्त र मर्यादित वातावरणमा परीक्षा संचालन भएको नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक आचार्यले बताइन्।

शनिवार देखि सुरु भएको परीक्षा आउँदो कात्तिक २८ गते सम्म संचालन हुनेछ । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै भौतिक दुरी कायम गरी परीक्षा संचालन गरिएको छ । कोरोनाको कहरले लामो समय सम्म संचालन हुन नसकेको परीक्षा अहिले संचालन भएपछि उत्साहजनक रुपमा परिक्षार्थी परीक्षामा सामेल भएको पाइएको दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताए । नगरपालिकाभित्र सात सय ७० विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

SHARE