खुकुरी देखाई सुन र नगद लुट्ने पक्राउ

0
458

कात्तिक २२,२०७७ पाल्पा : रामपुर नगरपालिका ८ ढकाल चौपारीकी मनकुमारी श्रेष्ठको नगद र सुनका गरगहना चोरी गर्ने दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मनकुमारीकी बुहारी राममाया श्रेष्ठ र पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिका(३ घर भई हाल रामपुर नगरपालिका ५ बस्ने ३० वर्षीय माधव पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए।

उनका अनुसार गत १८ गते राति साढे एक बजे उनीहरूले खुकुरी देखाइ मार्ने धम्की दिँदै लुटेका थिए। बाकस र दराजमा रहेको नगद ३ लाख ५८ हजार रुपैयाँ र साढे ९ तोला सुनका विभिन्न गरगहना लुटेर भागेका थिए।

निरन्तरको खोजतलासका क्रममा उनीहरूले लुकाई छिपाइ राखेको अवस्थामा नगद र सुनका गहना बरामद भएको गिरीले बताए। उनीहरूविरुद्ध डाका चोरीसम्बन्धी मुद्धा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

SHARE