पाल्पाको रामपुरमा कोरोना सङ्क्रमितको मृत्यु

0
331

सुशीला रेग्मी

कात्तिक १८,२०७७ पाल्पा : पाल्पामा एक कोरोना सङ्क्रमित पुरुषको निधन भएको छ । रामपुर नगरपालिका वडा नं ७ बस्ने ४४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणको कारण सोमवार राती करिव १ वजेको समयमा निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

कात्तिक ५ गते स्वावको रिपोर्ट पोजेटिभ आएको र सो रिपोर्ट लुम्बिनी मेडिकल कलेज प्रभासले कात्तिक ७ गते मात्रै जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई जानकारी दिएको सुचना अधिकारी पन्थीले बताए ।

कोरोना सङ्क्रमित ती पुरुषको रिपोर्ट पोजेटिभ आएपछि लुम्बिनी मेडिकल कलेजको आइसोलेशनमा बसेर कात्तिक १६ गते घर फर्केका थिए । स्वास्थ्यमा पुनः समस्या देखिएपछि सोमवार राती मेडिकल कलेज लगिएको थियो । मृतक पुरुष रामपुरको बेझाड बजारका मेडिकल संचालक तथा स्वास्थ्यकर्मी हुन् ।

पाल्पामा हालसम्म कोरोना सङ्क्रमणका कारण ११ जनाको निधन भएको छ । रामपुरमा कोरोना सङ्क्रमणबाट निधन भएको यो पहिलो घटना हो ।

SHARE