पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु

0
272

कात्तिक १८,२०७७ पाल्पा : कोरोना सङ्क्रमणका कारण पाल्पामा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका–७ का ४४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत ती पुरुषको सोमबार राति १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । गत कात्तिक ५ गते कोरोना पुष्टि भएका ती पुरुषलाई स्वास प्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।
योसँगै पाल्पामा कोरोना कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ ।

SHARE